विराटनगर । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ ।
अवस्था सामान्य थियो भने हिजो(मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो ।
हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार राष्ट्रिय जनगणना तोकिएको मितिमा हुन नसकेको यो पहिलो घटना हो । उनले विश्वका ५ दर्जनभन्दा धेरै मुलुकमा कोरोना महामारीका कारण जनगणना स्थगित भएको समाचार आएको बताए ।
चौलागाईंले कोरोना महामारीका कारण रोकिएको गणनाको काम अवस्था अनुकुल बन्दै गए मध्य साउनदेिख मध्य असोजको बीचमा गर्ने गरी तयारी सुरु गरिएको जानकारी दिए ।