Lite Nepal

बुधबार, जेठ २६, २०७८

काठमाडौं । एमाले नेता योगेश भट्टराईले शिर्ष नेताहरुकै कारण एमाले पार्टी एकतामा समस्या भएको बताएका छन् ।

बुधबार फेसवुकमा लेख्दै उनले एक शिर्ष नेता आपसमा सहकार्य गर्न तयार नहुनु नै समस्याको मुल जड भएको उल्लेख गरे ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र गठबन्धन गर्न तयार हुनु समस्याको जड भएको बताएका हुन् ।

खनाल र नेपालले पनि आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवसँग सत्ता साझेदारी र गठबन्धन गर्न तयार हुनुपनि पार्टी एकताका लागि समस्या भएको बताएका छन् ।

यो सबै कस्ले, किन र के का लागि गर्दैछ भन्ने प्रश्न पनि पनि खडा भएको उनले लेखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं