Lite Nepal

बुधबार, जेठ २६, २०७८

विराटनगर । विराटनगर महानगरपालिका–३ मा सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएर उपचारका लागि लगिएपछि मृत्यु भएका चालकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका–३ घर भएका राजु ढकालको मृत्यु कोरोनाका कारण नभएको पाइएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवासनजिक रोकिएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनी मंगलबार दिउँसो ३ बजेतिर बेहोस अवस्थामा भेटिएका थिए ।

ढकाललाई उपचारका लागि नोबेल शिक्षण अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।

कोरोना संक्रमण भएको आशंकामा नोबेल अस्पतालमै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । परीक्षण रिपोर्ट बुधबार नेगेटिभ आएको जानकारी अस्पतालका प्रबन्धक नारायण दाहालले दिए ।

कोरोना संक्रमण नरहेको पाइएपछि मृतकको शव भने पोस्टमार्टम गरेर परिवारका सदस्यलाई दाहसंस्कारका लागि बुझाइसकिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला चालकलाई श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो । राईले मृतकको शवको पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि र अनुसन्धान गर्दै जाँदा मृत्युको बारेमा यकिन हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं