काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको ६ बुँदे राजाको फरमान जस्तै भएको बरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।
अनेरास्ववियूले गरेको भर्चुअल अन्तरक्रियामा नेता खनालले पार्टी एकताको असल मनसायले प्रस्ताव नआएको बताए ।
ओलीकै कारण मुलुक र कम्युनिष्ट आन्दोलन संकटमा परेको उनले बताए । ‘वामपन्थी र लोकतान्त्रिक सहकार्य तोडेर दक्षिणपन्थी बाटोमा केपी ओली हिडेका छन्’, नेता खनालले भने । यो विदेशीको गोटीका रुपमा सरकार बनेको नेता खनालले बताए ।