Lite Nepal

बिहिबार, जेठ २७, २०७८

विराटनगर । अब गाँजा औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण भएको छ ।

राष्ट्रसंघीय नियोगले बहुमतका आधारमा गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेसँगै कम खतरनाकको सूचीमा वर्गीकरण भएको हो ।

विश्व स्वास्थ्य संगठनले ३ बर्ष अगाडी नै गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन र औषधिय गूण भएको वनस्पतिको सूचीमा राख्न संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले यो समाचारमा उल्लेख गरेको छ ।

सिएनएनका अनुसार सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णयक बोर्डमा लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा नेपालसहित २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत परेको थियो ।

आयुर्वेदीक औषधीको रुपमा प्रयोग गरिने गाँजा दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ ।

नेपालमा धेरै उत्पादन हुने गाँजालाई बैध कारोबार गर्नुपर्ने माग संसदमा समेत उठ्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं