Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका १ मा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् ।

बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा ३ क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिएर मगरको घाटीमा लाग्दा घटनास्थलमानै मृत्यु भएको थियो ।

क्रेन अप्रेटर बारा सँखुवाघाट गाउँपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं