Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

विराटनगर । झापाको बिर्तामोडमा रहेको बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले सम्बन्धन पाउने पक्का भएको छ ।

चिकित्सा शिक्षा आयोगले बीएन्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरे सँगै सम्बन्धन पाउने पक्का भएको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको स्रोतले जनाएको छ ।

आयोग स्रोतले सैद्धान्तिक सहमति भएको बताएको छ । ‘बिएण्डसीको पक्षमा नै निर्णय हुन्छ । किनभने शिक्षा ऐनले पनि बीएण्डसीले सम्बन्धन पाउन रोक्दैन’ स्रोतले भन्यो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुने व्यवस्था उल्लेख छ ।

आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ । बिएन्डसीले २०७२ मा नै मनसाय पत्र लिई काठमाडौं विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको स्रोतको दावी छ ।

निजी मेडिकल कलेजको संगठनका अध्यक्ष बसरुद्धिन अन्सारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा ऐनले तोकेको कानुनी प्रक्रिया पूरा गरेको अवस्थामा सम्बन्धन दिन आयोगलाई निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं