Lite Nepal

आइतबार, जेठ ३०, २०७८

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले आइतबार निषेधाज्ञा थप गरेको छ । प्रशासन कार्यालयले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार सम्पन्न बैठकले कोभिडको संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम उस्तै रहेकाले निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए ।

बैठकको निर्णय अनुसार खाद्यान्न, फलफूल, माछामासु, दूध डेरी, पुस्तक र हार्डवेयर पसल बिहान ६ देखि १० बजेसम्म खोल्न पाइनेछ ।

बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न दिने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं