Lite Nepal

सोमबार, जेठ ३१, २०७८

काठमाडौं । बागमतीका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा वैद्यले ज्यान मार्ने दुरुत्साहन गरेको भन्दै जाहेरी परेको हो ।

मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले युवा संघ जिल्ला कमिटी सदस्य अनिल काफ्लेले जाहेरी दिएको पुष्टि गरे । जाहेरी परेपछि अनुसन्धान कार्य अघि बढाइएको उनले बताए ।

संविधानले प्रदेशसभामा सांसदले बोलेको आधारमा पक्राउ गर्न नपाइने भनेको छ । तर स्वतन्त्रताको हक कानूनबाट बर्जित कार्यभन्दा बाहेकमा लागू हुने दाबी जाहेरीमा गरिएको छ । दुवै विषयमा सरकारी वकिलको कार्यालयसँग छलफल गरेर अघि बढ्ने प्रहरीले तयारी गरेको छ ।

वैद्यले शुक्रबार प्रदेशसभामा केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए । गोड्से महात्मा गान्धीको गोली हानी हत्या गर्ने व्यक्ति हुन् ।

उनको यो अभिव्यक्तिपछि नेकपा एमालेले लिखितरुपमा माफी माग्नुपर्ने र अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको थियो । उनकै पार्टी नेपाली कांग्रेसले पनि विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचन गर्न निर्देशन दिएको थियो ।

शनिबार उनले आवेशमा आएर ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै आत्मालोचनासहित फिर्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं