Lite Nepal

सोमबार, जेठ ३१, २०७८

विराटनगर । मोरङ प्रशासनले असार ७ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गरेको छ ।

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम निषेधाज्ञाको समयावधि थप गरेको हो । असार १ गते बिहान १० बजेदेखि लागु हुने गरि असार ७ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा लम्ब्याईएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

उनले अबको निषेधाज्ञामा खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछामासु र पुस्तक पसल लगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने जानकारी दिए । ‘अब वर्कसपहरु पनि बिहानैदेनि सञ्चालन गर्न सकिनेछ,’ उनले भने, ‘सरकारी कर्मचारीहरुले आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।’

निषेधाज्ञा आदेशानुसार अब दुध तथा दुग्धजन्य पदार्थ बिक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने पाइने छ । यस्तै सबैप्रकारका कृषिजन्य उत्पादनको ओसारपोसारमा पनि कुनै रोकटोक नहुने आदेशमा उल्लेख छ ।

मोरङमा पहिलोपटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले भने निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा