Lite Nepal

बिहिबार, साउन २२, २०७७

विराटनगर । प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोभिड १९ संक्रमण पुष्टि भएपछि प्रदेश १ का मन्त्री हिक्मत कार्की पनि स्वाव परिक्षण गर्न तयार भएका छन् ।

प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको काठमाडौमा बसेको बैठकमा प्रदेश २ का मन्त्री यादवसँगै १ का मन्त्री कार्की पनि सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न सोही बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की सँगै अन्य प्रदेश का मन्त्रीले पनि मास्क विना सामाजिक दुरी कायम नगरी फोटो समेत खिचाएको सार्वजनिक भएको छ ।

प्रदेश २ का मन्त्री यादवले काठमाडौंमा सम्पन्न बैठकको तस्विर साउन १५ गते राती १२ बजेर ३२ मिनेटमा फेसबुकमा शेयर गरेका छन् ।

सो बैठकमा सहभागी प्रदेश १ का मन्त्री कार्कीले आज र भोलीभित्र आफ्नो स्वाब नमूना संकलन गर्ने बताएका छन् । मन्त्री कार्की प्रदेश १ मा फर्किएर विभिन्न बैठकमा समेत सहभागी भइसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं