Lite Nepal

शनिबार, आषाढ ०५, २०७८

विराटनगर । एम्नेष्टीको नेपाल कार्यालयलले शुक्रबार एक अपिल जारी गर्दै दोस्रो डोजको कोरोना खोप नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको र कोरोना भाइरस नियन्त्रणमा चुनौती हुने भन्दै चिन्ता व्यक्त गरेको छ ।

एम्नेष्टीले नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराएर खतरामा परेका नेपाली नागरिकको जीवन बचाउनका लागि भूमिका खेल्न धनी र खोप भण्डार गरी राखेका देशहरूसँग आग्रह गरेको हो ।

‘विशेषगरी बेलायत जस्ता ठूलो मात्रामा खोप भण्डारण गरेका धनी देशसहित अन्तर्राष्ट्रिय समुदायले तत्काल नेपाललाई पर्याप्त खोप दिए १४ लाख नागरिकलाई खतरामुक्त गर्न सकिन्छ,’ एम्नेष्टीको अपिलमा भनिएको छ ।

सरकारले ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई गत वर्ष फागुन अन्तिम र चैत पहिलो साता भारतीय कम्पनी सेरमले उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन लगाइदिएको थियो । नियमानुसार उनीहरूले दोस्रो डोज १२ हप्ताभित्रमा लगाइसक्नुपर्ने थियो ।

तर, तत्काल खोप ल्याउन नसकिएको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ अन्तमा पहिलो डोज लगाएको १६ साताभित्र दोस्रो डोज लगाउन सकिने सूचना जारी ग¥यो ।

पहिलो डोज लगाइएको १६ साता बित्न अब बढीमा १० दिन मात्र बाँकी भएको तर खोप ल्याउने र ज्येष्ठ नागरिकहरूलाई लगाइदिन विषयमा सरकारले चासो नदेखाएपछि एम्नेष्टीले १४ लाख मानिसमा जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको हो ।

सरकारले भने १० लाख डोज कोभिसिल्ड खोप किन्नका भारतीय कम्पनी सेरमलाई रकम भुक्तानी गरिए पनि उसले खोप नदिएको दाबी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं