Lite Nepal

शनिबार, आषाढ ०५, २०७८

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ ।

प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई, अर्जुनधारा, बा¥हदशी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीय तह नखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ८७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ । प्रदेश १ मा आज ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं