Lite Nepal

आइतबार, आषाढ ०६, २०७८

जाजरकोट । जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइरहेका सातै जना सकुशल फेला परेका छन्। प्रहरी र स्थानिय बासिन्दाले बेपत्ताको सकुशल उद्धार गरेका हुन्।

घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका ८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सातजना गत जेठ ३१ गतेदेखि सम्पर्कबिहीन भएका थिए।

जलजला लेकको एक खोचमा सातै जना गुटमुटिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको हो।

उद्धार गरिएकाले पाँच दिनदेखि खानेकुरा पानी समेत नखाएको र चिसोले गर्दा निकै कमजोर अवस्थामा भेटिएका हुन्। उनीहरुलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट घर फर्काइएको थियो।

प्रहरीका अनुसार हावाहुरी सहितको पानी पर्न थालेपछि ११ मध्ये चार जना भागेर ज्यान जोगाएका थिए भने अन्य सातजना चार दिनसम्म सम्पर्कविहीन थिए।

जिल्ला प्रहरी प्रमुख मधुकुमार थापाका अनुसार कुशे गाँउपालिका ८ औलरिजाका डिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, भीमबहादुर खड्का, धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का कृष्ण रोकाय सकुशल फेला परेका हुन्।

हराइरहेका २२ गाई, ५० बाख्रा र १० भैंसी भने अझै फेला पर्न सकेका छैनन्। अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं