Lite Nepal

आइतबार, आषाढ ०६, २०७८

मूलपानीकी कमला खड्का (२५) गर्भवती भएको तीन महिना भयो । शुरुमा वाकवाकी लाग्ने, टाउको दुख्ने, खान मन नलाग्ने, पेट पोल्नेजस्ता लक्षण देखिँदा उनी निकै आत्तिइन् । गर्भावस्थाको पहिलो त्रैमासिक अवधिमा यस्ता लक्षण देखिनु सामान्य भएको सासूले सुझाएपछि उनी केही शान्त भइन् ।

विस्तारै उनमा टाउको दुख्ने, चिटचिट पसिना आउने, कपाल झर्ने, शरीरको तापक्रम बढ्ने, दिसा लागिरहने, आत्तिनेजस्ता लक्षण देखा परे । गर्भवती अवस्थामा अस्वाभाविक लक्षण देखापर्न थालेपछि उनी चिकित्सककहाँं पुगिन् । स्वास्थ्य जाँंच गराउँदा थाराइराइड भएको थाहा पाएपछि उनी तर्सिइन् । भन्छिन्, ‘सामान्य होला भन्ने सोचेकी थिएँ, रिपोर्टमा थाइराइड देखिएपछि होसहवासै उड्यो ।’ उनी थाइराइडको नियमित औषधि खाँदैछिन् ।

यस्तै, बानेश्वरकी सरस्वती रिमाल (२७) गर्भवती भएको चार महिना भयो । विगत चार वर्षदेखि उनी थाइराइडसँंग जुध्दै आएकी छन् । नियमित औषधि सेवन गर्न झन्झट लागेपछि उनले बीचमै खान छाडिन् । पछि गर्भ बसेपछि उनी स्वास्थ्यजाँंचको लागि चिकित्सककहाँं जाँंदा आफूलाई पहिलेदेखि नै इराइड भएको जानकारी गराइन् ।

औषधि फेरि शुरु गर्नुपर्ने भयो । औषधि खाए पनि उनी भने थाइराइडकै कारण जन्मने शिशुलाई असर गर्ने पो हो कि भन्ने पिरलोमा छिन् । उनी भन्छिन्, ‘शुरुमा थाइराइड सामान्य रोग होला भन्ने सोचेकी थिएँ, यसले शिशुलाई पुर्‍याउन सक्ने खतराबारे थाहा पाएपछि भोग, निद्रा लाग्नै छोड्यो ।

गर्भावस्थामा थाइराइड ग्रन्थीमा गडबडी हुँंदा हर्मोन उत्पादनमा थपघट हुन्छ । थाइराइड हर्मोन कम या बढी हुँंदा त्यसले फरक–फरक समस्या पैदा गराउँछ । गर्भावस्थामा देखिने न्यून मात्राको थाइराइडले गर्भ तुहिने, गर्भ बसिहाले पनि जन्मने शिशुमा गम्भीर समस्या आउने चिकित्सकहरू बताउँछन् ।

थाइराइडकै कारण दुई महिनाको गर्भ खेर गयो थाइराइडपीडित सीता पौड्याल (२६) को । उनको पीडा सरस्वती र कमलाको भन्दा कम छैन । अल्छी लाग्ने, छटपटी हुने, टाउको दुख्ने, साथै कहिलेकाहीँ मुख सुक्खा भएर सास फेर्न गाह्रो हुन्थ्यो उनलाई । गर्भ बसेसँगै थाइराइड पनि देखिएको थियो ।

पौड्याल भन्छिन्, ‘औषधि सेवन गरे पनि थाइराइडको मात्रा घटेन, अन्त्यमा तीन महिना पुग्नै लागेको बच्चा पनि खेर गयो ।’ अहिले उनी नियमित औषधि सेवन गर्दैछिन् । थाइराइडका कारण गर्भसँगै बच्चा जन्माउने उनको सपना पनि तुहियो । भन्छिन्, ‘आमा बन्ने सौभाग्यबाट कतै विमुख पो भइन्छ कि । यो थाइराइड भन्ने रोग त शत्रुलाई पनि नलागोस् ।’

पछिल्लो समय गर्भवती महिलामा थाइराइडको जोखिम बढ्दै गएको चिकित्सक बताउँछन् । गर्भवतीले नियमित स्वास्थ्य जाँच नगरे गर्भमा रहेको शिशु र आमा दुवैलाई खतरा हुने स्त्री रोग विशेषज्ञ डा. शान्ति जोशी बताउँछिन् ।

उनका अनुसार पछिल्लो समय थाइराइडकै कारण कतिपय गर्भवती महिलामा एकातिर सन्तान गुमाउनुको पीडा थपिँदै छ भने अर्कोतिर स्वास्थ्य जोखिममा पर्ने अवस्था बढ्दै छ । थाइराइडबाट गर्भावस्था र मासिक धर्म बन्द हुँंदाका अवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

यी दुई चरणमा हर्मोनमा बढी मात्रामा गडबडी हुने गर्छ । यसले पुरुषभन्दा महिला यसबाट बढी प्रभावित हुने गरेका हुन् । डा. जोशीका अनुसार थाइराइडकोे मुख्य कारण शहरी जीवनशैली, तनाव, वंशाणुगत गुण, नियमित व्यायामको कमी र रोगसम्बन्धी ज्ञानको अभाव हो ।

के हो थाइराइड ?

थाइराइड मानव शरीरको एउटा ग्रन्थी हो । यसको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । चिकित्सकका अनुसार आवश्यकभन्दा बढी हर्माेन उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म र कम हर्मोन उत्पादन हुनुलाई हाइपो थाइरोइडिज्म भनिन्छ ।

यसमा न उमेरको सीमा हुन्छ, न त रोक्नै सकिन्छ । हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डा. ज्योति भट्टराईका अनुसार थाइराइका बिरामीमा फरक–फरक लक्षण देखिन्छ । प्रायः गर्भवतीमा न्यून थाइराइड देखिने गर्छ । डा. भट्टराईका अनुसार महिलाले गर्भवती हुनुभन्दा अघि स्वास्थ्य जाँच गराएर नियमित औषधि सेवन गरे स्वस्थ शिशु जन्माउन सक्छन् ।

गर्भवती अवस्थामा थाइराइड देखिएमा जन्मने शिशुमा सर्ने सम्भावना बढी हुन्छ । त्यसैले, शिशु जन्मिएको एक साताभित्र थाइराइड परीक्षण गराउनुपर्ने डा. भट्टराईको सुझाव छ । यदि परिवारमा यो रोग कसैलाई छ भने अन्य सदस्यलाई पनि सर्ने सम्भावना रहन्छ । रोगप्रतिरोध क्षमतामा कमी भएका महिलालाई यो रोगले बढी सताउने गर्छ ।

थाइराइड रोगको अवस्था

डा.भट्टराईका अनुसार अरू रोगजस्तै थाइराइडका बिरामी दिन÷प्रतिदिन बढ्दै गएका छन् । पहिले पहिले आयोडिनयुक्त नुनको अभावमा यो रोग लाग्ने गरेको बताइए पनि पछिल्लो समय आयोडिनयुक्त नुन सेवन गर्नेहरू पनि यो रोगबाट प्रभावित छन् । डा. भट्टराईका अनुसार नेपालमा थाइराइड रोगबारे खासै अनुसन्धान हुन नसके पनि पुरुषको तुलनामा महिला बढी प्रभावित छन् ।

थाइराइड भएमा

जन्मने शिशुमा शारीरिक तथा मानसिक समस्याका साथै पूर्ण रूपमा विकास नहुन सक्छ ।
वंशाणुगत रूपमा यो समस्या बच्चामा सर्न सक्छ।
बारम्बार गर्भपतन हुन्छ

गर्भावस्थामा उच्च रक्तचाप हुन्छ
रत्ताmअल्पता हुन सक्छ
प्रसूति अवस्थामा अत्याधिक रत्ताmश्राव हुन सक्छ

बच्चामा प्रभाव

बच्चाको पूर्ण मानसिक विकास नहुनु
बच्चामा श्वासप्रश्वाससम्बन्धी समस्या हुनु
जन्मनुअगावै मृत्यु हुनु

खान हुने

आयोडिनयुत्ताm नुन
समुद्री खाना
कालो मरिच, मेथी

दाल, रोटी, सागसब्जी
लौकाको तरकारी वा जुस
आलस, पालुंगो

खान नहुने

चिनी
मैदाका परिकार
तारेको, भुटेको खाने कुरा
बन्दा, काउली
भात

परीक्षण कसरी गर्ने

बच्चा जन्माउने अवस्थामा रहेका महिलाले पहिला एकपटक थाइराइडको जाँच गराउनु राम्रो हुन्छ । यदि थाइराइडको समस्या छ भने नियमित औषधि सेवन गरेर स्वस्थ बच्चा जन्माउन सकिन्छ, नभए बच्चा खेर जाने सम्भावना रहन्छ। रगत परीक्षण गराएर थाइराइडको मात्राबारे जानकारी पाउन सकिन्छ। थाइराइड देखिए चिकित्सकको नियमित निगरानीमा रहनु जरुरी हुन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा