झापा । झापा अर्जुनधारा नगरपालिका ११ का एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यू भएको छ ।
आइतबार बेलुका स्थानीय ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।
साँझ पाउने ६ बजे उनि घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमनी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खटि खोजतलास गर्ने क्रममा मंगलबार बिहान १० बजे मात्रै उनको शव भेटिएको थियो ।