Lite Nepal

मंगलबार, आषाढ ०८, २०७८

विराटनगर । प्रदेश १ मा आज ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ ।

प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, ते¥हथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ३५, भद्रपुरमा २२, मेचीनगरमा १७, अर्जुनधारामा ११, कनकाइमा १०, शिवसताक्षी र दमकमा ८–८, झापा गाउँपालिका, बुद्धशान्ति र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, बा¥हदशी र गौरादहमा १–१, सुनसरीको धरानमा ७०, इटहरीमा १४, दुहवीमा ४, कोशी हरिनगर, बर्जु, गढी, रामधुनी र बराहक्षेत्रमा १–१, मोरङको विराटनगरमा ३३, बुढीगंगामा ५, बेलबारी, जहदा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा २–२, केराबारी, सुनबर्षी र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ३, चौविसे, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा ३ र सुर्योदयमा २, उदयपुरको चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको लालीगुराँस र मेन्छेयायममा १–१, पाँचथरमा २, ताप्लेजुङको सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ७९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ५३४ रहेको छ । प्रदेश १ मा आज १ हजार १०९ जनाको पीसीआर परीषण गरिएको छ । परीक्षण गरिएका मध्ये १२२ महिला र १८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं