Lite Nepal

मंगलबार, आषाढ ०८, २०७८

काठमाडौं । निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भू डाँडामा ‘डेटिङ’ गएका सरकारी कर्मचारी दुवैले जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोधेको स्पष्टीकरण दिएका छन् ।

निषेधाज्ञामा स्वयम्भूको डाँडामा प्रेमालाप गरेर भाइरल बनेका दुवैले आफूहरु पूजा गर्न गएको स्पष्टीकरणमा भनेका छन् ।

झण्डै एक महिना अघि सरकारी गाडी लिएर स्वयम्भू डेटिङमा पुगेको सरकारी कर्मचारीको भिडियो र तस्वीरले सामाजिक सञ्जाल रंगियो ।

भिडियोमा एक युवा र एक युवती डेटिङमा लिप्त थिए ।

सरकारी गाडी चढेर स्वयम्भू डाँडामा पुगेर डेटिङमा लिप्त हुने कर्मचारी हुन्, सहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख, रोशन श्रेष्ठ ।

उनी सोही कार्यालयमा करार सेवामा कार्यरत युवतीसँग निषेधाज्ञा उल्लंघन गर्दै सरकारी गाडी चढेर स्वयम्भूमा प्रेमालाप गर्न पुगेका थिए ।

उपसचिव इन्जिनियर श्रेष्ठ बिवाहित हुन् । उनको श्रीमती पनि इन्जिनियर नै हुन् । उनी राजधानीकै एउटा प्रतिष्ठित इञ्जिनियरिङ कलेजमा कार्यरत छिन् ।

तर, प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर श्रेष्ठ स्वयम्भूमा युवतीसँग ‘डेटिङ’मा रमाउन पुगेका थिए ।

भिडियो र तस्वीर भाइरल भएपछि उपसचिव श्रेष्ठमाथि गृह मन्त्रालयले कारवाही प्रक्रिया अघि बढायो । गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्यो ।

गृहको पत्र प्राप्त गरे पछि सिडिओ कार्यालयले उक्त घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

र, समितिले बयानका लागि रोशन श्रेष्ठ र ती करारका कर्मचारीलाई बोलायो र सोधपुछ गर्यो । तर, छानबिन समितिले जाँचबुझ गर्दा उनीहरु दुवैले पास लिएरै हिँडेको देखिएको र निषेधाज्ञा उल्लघन नभएको निष्कर्ष निकालिएको छ ।

सहायक सिडिओ भट्टले पास लिएर हिँडेको देखिएको र कारबाहीलगायत विषयमा मन्त्रालयलाई नै जिम्मेवारी दिइएको बताएका छन् ।

उनले भने, ‘पास लिएरै हिँडेको थियो । र, थप कारबाही गर्ने नगर्नेबारेमा मन्त्रालयलाई नै पत्राचार गरिएको छ । अब, यस विषयमा अख्तियारलाई पनि अधिकार हुन्छ ।’

समितिका एक सदस्यका अुनसार श्रेष्ठले चलाएको प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीको पास सहरी योजनाका विभागीय प्रमुखले दिएको पाइएकाले निषेधाज्ञा उल्लघन नभएको पनि निष्कर्ष निकालेको छ ।

के भन्छन्, सहायक सिडिओ ?

प्रशासनले सोधेको स्पष्टीकरणमा उनले के जवाफ दिए भन्नेबारे सहायक सिडिओ सापकोटाले बताएनन् ।

उनी नेतृत्वले उक्त घटनाको बारेमा अनुसन्धान अघि बढाए पनि समग्र विषयबारे भन्न हिच्किचाए । उनले भने, ‘यस विषय सबै कुरा भन्न मिल्दैन । मलाईभन्दा पनि सूचना अधिकारीलाई सोध्नुहोला ।’

निषेधाज्ञा उल्लंघन गरेर हिँड्ने कर्मचारीमाथि कारबाही त गर्नुपर्ने होइन र भनेर पुनः प्रश्न गर्दा उनले मन्त्रालयलाई नै पत्रचार गरिएको उनले बताए ।

घटनाबारे विस्तृत रुपमा जानकारी नदिएका सहायक सिडिओमाथि पनि प्रश्न उब्जिएको छ । ज

बकि निषेधाज्ञामा काम न बेकाम सरकारी गाडी लिएर डेटिङमा जाने कर्मचारीमाथि नियम उल्लंघन नभएको र पास लिएरै हिँडेको भनेका सहायक सिडिओले त बचाएनन् ? अहिले थप कारबाहीलगायत सबै जिम्मा मन्त्रालयलाई दिइएको छ ।

तर, अझैँ कारबाही गर्ने वा नगर्ने भन्ने सवालमा सिडिओ कार्यालयले निषेधाज्ञा उल्लंघन नगरेको भनेको अवस्थामा मन्त्रालयले कारबाही गर्ला त ? news24

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा