काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अदालतका पछिल्ला आदेशले एमाले एकताको अपरिहार्यतालाई जोड दिएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले सर्वोच्चको आदेश एमाले एकताका लागि उत्प्रेरणा नै भएको दावी गरेका छन् ।
अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।
— Yogesh Bhattarai (@yogesbhattarai) June 22, 2021
‘बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’ उनले लेखेका छन् ।
मंगलबार सर्वोच्च अदालतले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि योगेशले ट्विटरमार्फत यस्तो भनाइ सार्वजनिक गरेका हुन् ।