Lite Nepal

बुधबार, आषाढ ०९, २०७८

विराटनगर । कोरोना भाइरस कोभिड १९ महामारीका कारण लामो समयदेखि रोजगारीबाट विमुख भएका सिटी सफारी चालकलाई दीगो विकास संस्थाले विराटनगरमा खाद्यान्न वितरण गरेको छ।

बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दीगो विकासको समन्वयमा महानगरका १ सय २ वटा सिटी सफारी चालकलाई राहत प्याकेज वितरण गरेका हुन्।

कार्यक्रममा मेयर पराजुलीले निषेधाज्ञाका क्रममा रोजगारीबाट बन्चित भएका सिटीसफारी चालकको समस्यालाई संस्थाले सम्बोधन गर्ने प्रयास गरेको बताए। मेयर पराजुलीले कोरोना महामारी कारण महानगरमा सिटीसफारी परिवार बढि प्रभावित भएको बताए।

कोरोना महामारीका कारण दैनिक काम गरि जीविका चलाउने सफारी चालकलाई परिवार पाल्न समस्या भएको बताएका थिए।

कार्यक्रममा विराटनगर ६ का सिटी सफारी चालक देवु महतोले कोरोना र निषेधाज्ञाका कारण परिवार पाल्न समस्या भएको बताएका थिए।

बन्दका कारण सवारी चलाउन नपाउँदा परिवार पाल्न कठिन भएको बताएका महतोले ऋणमा खरिद गरिएको सवारीको रकम साहुलाई बुझाउन समस्या हुँदै गएको बताए।

दीगो विकासका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठले कोरोना महामारीसंगै निषेधाज्ञाले बढि रुपमा सफारी चालक प्रभावित भएको हुँदा राहत प्याकेज उपलब्ध गराइएको जानकारी दिए।

कार्यक्रममा ५ जना महिला चालकसहित १ सय २ वटा सिटी सफारी चालकलाई खाद्यान्न उपलब्ध गराइएको उनले बताए।

संस्थाले १ सय २ बोरा चामल, दाल १ सय २ किलो, खानेतेल १ सय २ लिटर, नुन १ सय २ प्याकेट, १० पिस मास्क लगायतको सामग्री चालकलाई उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं