Lite Nepal

आइतबार, आषाढ १३, २०७८

सुनसरी । सुनसरी कोशी गाउँपालिका ८ नङ्खु टोल स्थित पुर्ब–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।

आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाईकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार मोरङग बिराटनगर ९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक बिराटनगर ७ का ४० बर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त दुर्घटनाबाट घाईते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ ३५ बर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भईरहेको छ । दुर्घटना भएका तिन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं