Lite Nepal

सोमबार, आषाढ १४, २०७८

विराटनगर । सोमबार बसेको प्रदेश १ प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले सदनमा उपस्थित भएर माफि माग्नु पर्ने भन्दै माओवादीले सदन अवरोध गरेको हो ।

बजेटका विषयमा सदनमा उठेको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले माओवादी केन्द्रका सांसद मोहन खड्कालाई ‘तपाई भिजन भएको नेता होइन’ भन्दै गाली गरेका थिए ।

मन्त्रीले आत्मा आलोचनासहित माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रका सांसदले उभिएर सदन अवरुद्ध गरेका हुन् । सदन चल्न नदिएपछि सभामुख प्रदिपकुमार भण्डारीले माओवादीलाई बोल्ने समय दिएका थिए ।

सो क्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले सदनको रेकर्डबाट मन्त्रीको अभिव्यक्ति हटाउन पनि माग गरेका छन् । उनले मन्त्रीले माफि नमागे सम्म सदन चल्न नदिने बताए ।

माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार सम्मका लागि स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं