Lite Nepal

मंगलबार, आषाढ १५, २०७८

विराटनगर । आज असार १५ मोरङका कृषकहरु धान रोपाईँमा व्यस्त छन् । मंगलबार सम्ममा मोरङमा १२ प्रतिशत धान रोपाइ भएको छ ।

कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका अनुसार मोरङमा ८३ हजार ३ सय हेक्टर धान खेती हुने क्षेत्रफल मध्ये ९ हजार ९ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको हो ।

आज विभिन्न स्थानमा दही चिउरा खाएर सामुहिक रुपमा समेत कृषकले धान रोपिरहेका छन् ।

प्रदेश १ मा भने हाल सम्म १८ प्रतिशत धान रोपाई भएको छ । प्रदेश १ को मध्य पहाडी जिल्लामा सबै भन्दा बढी २८ प्रतिशत र सबै भन्दा कम तराईका जिल्लामा १४ प्रतिशत धान रोपाई भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं