Lite Nepal

बुधबार, आषाढ १६, २०७८

काठमाडौं । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ। कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो।

सोमबार बसेको आयोगको बैठकले पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई साउन १५ गतेदेखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो। खरिदारदेखि सहसचिवसम्मको परीक्षा स्थगित भएको थियो।

वार्षिक कार्यतालिकाअनुसार आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन गरेपनि परीक्षा स्थगित भएका थिए। स्वास्थ्यसम्बन्धी मापदण्ड र सङ्क्रमणकालीन विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गरिने लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए। प्रवक्ता सुवेदीले रोकिएका परीक्षालाई छिटो गर्नका लागि दुईदेखि तीन सिफ्टमा परीक्षा गर्ने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं