Lite Nepal

बुधबार, आषाढ १६, २०७८

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक शुरू भएको छ । अदालतले गत जेठ २७ मा अवैध ठहर गरेको यो कमिटीको जारी बैठक अन्तिम ठानिएको छ ।

यसमा माधव नेपाल पक्षधरका कारबाही गरिएका भनिएका ११ जना बाहेकलाई डाकिएको बताइए पनि उनीहरु गएका छैनन् ।

यो बैठकको औचित्य नै नरहेकाले नगएको माधव नेपाल समूहका नेता गोकर्ण विष्टले बताएका छन् । एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्ने भएकाले यसको वैधता नभएको उनले बताए ।

संस्थापन पक्षको यो बैठकमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटी बनाउने स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी समिति बैठकले २०७४ जेठ २ गतेको कमिटी व्यूँताउने निर्णय गरेको थियो । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते डाकिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं