Lite Nepal

बुधबार, आषाढ १६, २०७८

विराटनगर । जिल्ला अदालत मोरङले सवारी ज्यान मुद्दाका आरोपी रविनसिंह कार्कीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले सवारी ज्यान मुद्दाको पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

विराटनगर महानगरपालिका–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविनसिंह कार्कीले मदिरा सेवन गरी चलाएको कारले विराटनगर एयरपोर्ट रोडमा दुई जनालाई ठक्कर दिएको थियो ।

गत जेठ २० गते राति साढे सात बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो । दुर्घटनामा मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीया रामकुमार राजवंशी घाइते भएका थिए ।

दुर्घटनालगत्तै फरार भएका कार्कीलाई जेठ २३ गते प्रहरीले पक्राउ गरेको थियो । कार्की नेपाली कांग्रेस प्रदेश १ सांसद विन्दिया कार्कीका छोरा हुन् । जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालका अनुसार न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा कार्कीलाई पुर्पक्षका लागि जिल्ला कारगार मोरङ चलान गर्ने आदेश दिएको हो ।

कार्कीविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको थियो । दाहालका अनुसार बुधबारको बहसपछि थुनामा राख्ने आदेश भएका कार्कीको कोरोना परीक्षणपछि कारागार चलान गरिनेछ । कोरोनाको रिपोर्ट नआएसम्म उनी प्रहरी हिरासतमै रहनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं