Lite Nepal

शुक्रबार, आषाढ १८, २०७८

काठमाडौं । पूर्व मन्त्री तथा एमाले सचिव योगेश भट्टराईको समन्वयमा संकलन भएको कोरोना संक्रमण नियन्त्रणका लागि आवस्यक स्वास्थ्य सामग्री काठमाडौंबाट ताप्लेजुङ पठाइएको छ ।

काठमाडौमा संलकन भएको करिब ५० लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार ताप्लेजुङ पठाइएको हो ।

पठाइएको स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सन्टेटर २१, पिपिई ५००, माक्स १० हजार थान रहेको छ । यस्तै सेनिटाईजर ५० लिटर, सुजकर्भर ५०० थान, चश्मा ५०० थान, टयाङकी स्प्रे १ थान गरी ५० लाख बराबरको सामाग्री ताप्लेजुङ पठाईएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए ।

सो सामाग्री जिल्लाका गाउँपालिकामा समान रुपले वितरण गर्न जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्ने सचिव गुरागाईले बताए ।

गृह जिल्ला ताप्लेजुङ भएका एमाले नेता भट्टराईले यस अघि पनि दुई पटक स्वास्थ्य सामाग्री संकलन गरी पठाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं