Lite Nepal

आइतबार, आषाढ २०, २०७८

विराटनगर । प्रदेश १ मा आज ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ ।

प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, संखुवासभामा २, ते¥हथुम, इलाम, धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दरहरैचामा ५४, विराटनगरमा ४३, लेटाङमा ९, बेलबारीमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा ३–३, ग्रामथानमा २, मिक्लाजुङ र सुनबर्षीमा १–१, झापाको दमकमा २९, विर्तामोडमा १९, अर्जुनधारामा १६, कनकाईमा ८, मेचीनगरमा ५, कमल गाउँपालिका, गौरादह र शिवसताक्षीमा ३–३, झापा गाउँपालिका र बा¥हदशीमा २–२, भद्रपुर, गौरीगञ्ज र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ३२, धरानमा ६, रामधुनीमा ४, दुहवी र इनरुवामा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १, ताप्लेजुङको मिक्वाखोलामा ६, आठराई त्रिवेणी, फक्ताङलुङ र मेरिङदेनमा १–१, उदयपुरको त्रियुगा, ताप्ली, चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा ३, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, ते¥हथुमको म्याङलुङमा १, इलामको मांसेबुङमा १, धनकुटाको महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३८ पुगेको छ । सक्रिय संक्रमित ६ हजार २२८ रहेको छ । प्रदेश १ मा आज ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११८ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं