Lite Nepal

शुक्रबार, साउन ०१, २०७८

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ ।

बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताए ।

सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं