Lite Nepal

शुक्रबार, साउन ०१, २०७८

ताप्लेजुङ । १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री उषाकला राईलाई ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले आफ्नै घरमा आगो लगाउनेसँग खुट्टा नकमाउन सुझाव दिनुभएको छ ।

ताप्लेजुङमा रहेको धार्मिक स्थल पाथीभरा दर्शन गरेर फर्कने क्रममा सदरमुकाम फुङलिङ आउनुभएकी राई पार्टी कार्यालय आउन अस्वीकार गरेपछि प्याकुरेलले नगरपालिकामा बोलाएर आक्रोस पोख्नुभएको हो ।

‘तपाईंलाई मैले पहिलो पटक देखेको, पहिलो पटक भेटेको हो,’ मेयर प्याकुरेलले भन्नुभयो, ‘पार्टीको कुन खेमाको हो मलाई थाहा छैन, आफ्नै घरमा आगो लगाउने माधव नेपालहरुसँग खुट्टा कमाउनु जरुरी छैन ।’ उहाँले बोली र ब्यवहारमा प्रष्ट हुनुपर्नेमा पनि जोड दिनुभयो ।

बुधबार ताप्लेजुङ आउनुभएकी राई बिहीबार पाथीभरा दर्शन गरेर फर्कने क्रममा शुक्रबार सदरमुकाममा भेटघाट कार्यक्रममा हुनुहुन्थ्यो । एमालेको संस्थापन समूहले शुक्रवार बिहान ८ वजे पार्टी कार्यालयमा भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा पत्रकारलाई पनि बोलाइएको थियो । तर पार्टीमा नआउने नगरपालिकामा आउने भएपछि प्याकुरेलले पार्टीका कार्यकर्ता र पत्रकारलाई नगरपालिकाको सभाहलमा बोलाउनुभएको थियो ।

राइले भने पार्टीले आफूलाई नबोलाएको प्रतिकृया दिनुभयो । उहाँले अदालतले कु गरेको आरोप पनि लगाउनुभयो । ‘अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो, जनतामा किन जानुपर्यो,’ राईले भन्नुभयो, ‘सांसद स्वतन्त्र हुने होभने पार्टी किन चाहियो, संगठन किन चाहियो ।’

गलत अभ्यासवाट बनेकाले काग्रेसलाई पनि खुसी नहुन उहाँले आग्रह गर्नुभयो । नेताहरुले गल्ति कमजोरी सच्याएर अघि बढ्नुपर्ने बतउाँदै उहाँले ताप्लेजुङमा कता कता अप्ठेरो भएको बताउनुभयो ।

ताप्लेजुङमा ओली र नेपाल समुहका छुट्टाछुट्टै पार्टी कार्यालय रहेको छ । एमाले र माओवादी पार्टी एकीकरण हुनु अघिसम्मका अध्यक्ष बलवहादुर साम्सोहाङ नेतृत्वको पार्टी कार्यालय वीरेन्द्र चोकमा छभने संस्थापन समूहले चयन गरेका जिल्ला अध्यक्ष भूपेन्द्र थेवे नेतृत्वको पार्टी कार्यालय तोक्मे डाँडामा छ ।

श्रोतका अनुसार राईलाई प्रदेश सांसद समेत रहेका साम्सोहाङले पनि आफूरहेको पार्टी कार्यालयमा आउन अनुरोध गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं