Lite Nepal

बिहिबार, बैशाख ०७, २०८०

ताप्लेजुङ – ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पु¥याएको छ । सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो ।

केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिनुभयो ।

हावाहुरीसहित परेको असिनाका कारण मकै, गहुँ, जौ, सागपात र फलफूल खेतीमा क्षति पु¥याएको स्थानीयले बताएका छन् । यसअघि फागुनको मध्यतिर पनि यहाँ असिना परेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं