ताप्लेजुङ समाजले ल्होसार मनाउने, बुबाहरू सम्मान गर्ने, छमछम नचाउने

७० कटेका २१७ बुबाहरूलाई एकैपटक सम्मान गरिँदै

Lite Nepal

बुधबार, फाल्गुण ०२, २०८०
कार्यक्रमका विषयमा जानकारी दिँदै ताप्लेजुङ समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेश बराल । © लाईट नेपाल

काठमाडौं – प्रत्येक वर्ष नेपालीले मनाउने मौलिक चाड पर्वको रक्षा र ताप्लेजुङको सांस्कृतिक पहिचानको प्रचारका लागि ताप्लेजुङ समाज नेपालले काठमाडौंमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यस वर्ष भने फागुन ५ गते शनिबार ल्होसार पर्व २०८० आयोजना गर्ने तयारी भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसवर्ष बौद्ध संस्कृति परम्परा अनुसार ल्होसार पर्व मनाउने र सोही अवसरमा जेष्ठ नागरिक मध्ये बुबाहरूलाई सम्मान गरिने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ताप्लेजुङ ल्होसार २०८० का कार्यक्रम संयोजक रमेश बरालले भने, ‘ताप्लेजुङ समाज नेपालले हाम्रो जिल्लाको समाजिक बिशेषतालाइ काठमाडाैंमा पनि जिवन्त राख्दै आएको छ । जिल्लावासीले मनाउने सबै खाले चाडपर्वहरूलाई समाजले बराबर व्यवहार गर्दै आएको छ । हरेक बर्ष हामीले ताप्लेजुङमा मनाइने एउटा एउटा चाडलाइ जिल्लावासीको साझा चाडको रूपमा पालो–पालो गरी मनाउने गरेका छौं ।’

उनले यस वर्षको कार्यक्रममा ल्होसार पर्वसंगै सम्बन्धित खाध्य तथा पेय पदार्थबाट सहभागीहरूलाइ स्वागत गरिने बताए । कार्यक्रम सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नको लागि हिमाली याक नाच, हिमाली सिंह नाच, च्याब्रुङ नाच, नौमति बाजा नाच, लाखे नाच लगायतका सांस्कृतिक कार्यक्रमहरू प्रश्तुत गरिने छ । ‘कार्यक्रममा विभिन्न संस्कृतिमा आधारित ताप्लेजुङ फुडस्टलहरू राखिनेछ जसबाट ताप्लेजुङकै परिकारको स्वद चाख्न र अनुभुति गर्न सकिनेछ,’ संयोजक बरालले भने ।

यस वर्षको कार्यक्रम पनि काठमाडांैको धुम्बाराही अवस्थित एसआर पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । प्रतिनिधीसभाको सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रममा यो पटक बिशिष्ट बौद्ध धर्मगुरु औतारी लामा च्याक्टुल रिन्पोछेनकोसमेत प्रमुख सान्निध्य गुरुको रूपमा उपस्थिती रहने छ ।

आयोजकका अनुसार बौद्ध संस्कृति परम्परा अनुसार ल्होसारको अवसरमा राजनेता र औतारी लामाबाट एकै ठाउमा ल्होसारको शुभकामना आसिर्वाद ग्रहण गर्न पाउनु निकै दुर्लभ अवसर मानिन्छ । यसपटक रिन्पोछेनकै बाहुलीबाट कार्यक्रममा उपस्थित जिल्लावासीलाइ खादा माला लगाएर ल्होसारको शुभकामना आशिर्वाद प्रदान गरिने बताइएको छ ।

सभामुख र रिन्पोछेनका हस्ताक्षरमा तयार पारिएको सम्मानपत्रबाट ताप्लेजुङका जेष्ठ नगारिकहरूलाई सभामुखले सम्मान गर्ने कार्यक्रम संयोजक देउमान विष्टले जानकारी दिए । विहान ११ बजेबाट सुरु हुने कार्यक्रम साँझसम्म नै सञ्चालन हुने उनले बताए । कार्यक्रममा विभिन्न संस्कृतिमा आधारित ताप्लेजुङ फुडस्टलहरू राखिने र यसबाट ताप्लेजुङकै परिकारको स्वद चाख्न र अनुभुति गर्न सकिने विष्टले बताए ।

७० कटेका २१७ बुबाहरूलाई एकैपटक सम्मान गरिँदै
प्रत्येक वर्ष चाड पर्व मनाउने सँगै विभिन्न कार्यक्रम गर्दै आएको समाजले यसपटक भने ताप्लेजुङका ७० बर्ष माथिका २१७ जना बुबाहरूलाई सम्मान गर्ने तयारी गरेको छ । त्यसमध्ये केही १०० कटेका बुबाहरू पनि उपस्थित रहने ताप्लेजुङ समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेश बरालले बताए ।

यस अघि सुरुवातमा ताप्लेजुङका सबै जाती एकै ठाउँमा भेला भई हिन्दु महिलाहरूको चाड हरितालिका तिज पर्व पनि समाजको संयोजकत्वमा काठमाडौंमा नै मनाइएको थियो ।

दोश्रो बर्ष भने सबै जाती एकै ठाउँमा भेला भएर किराँतहरूको चाड चासोक तङनाम उधौली पर्व मनाइएका थियो । यस अघि भएका कार्यक्रममा आमाहरूलाई सम्मान गरीएको र यसपटक बुबाहरूलाई सम्मान गरिने संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले बताए । ३५ बटा विभिन्न संस्थाको सहयोगमा यसपटक कार्यक्रम हुन लागेको र यसको भव्य तयारी भइरहेको लुम्बाहाम्फेले जानकारी दिए ।

ताप्लेजुङ समाज नेपाल कस्तो संस्था हो ?
ताप्लेजुङबाट काठमाडौं आएर विभिन्न क्षेत्रमा काम गरिरहेका र बसोबास गरेका जिल्लावासीहरूको साझा संस्था हो ताप्लेजुङ समाज नेपाल । जिल्लावासीको हरेक सुख दुखमा साथ रहने यो संस्था सामाजिक र सांस्कृतिक रूपले पनि सबैको साझा संस्थाको रूपमा स्थापित रहेको समाजका बरिष्ठ उपाध्यक्ष रमेश बराल बताउँछन् ।

यो संस्थाले ताप्लेजुङ जिल्लाको सामाजिक सांस्कृतिक पहिचानलाई सँधै जोगाइ राख्न त्यसलाई राजधनीमा समेत चिनाउँदै आएको छ । ताप्लेजुङलाइ जिल्ला बाहिर तथा देश बाहिर समेत चिनाउने अभियानमा ताप्लेजुङ समाज नेपाल रहेको बराल बताउँछन् । भन्छन्, ‘बिविधतामा एकता ताप्लेजुङको सांस्कृतिक पहिचान हो । ताप्लेजुङमा हामी धेरै जाती बस्छौं तर सबै मिलेर बस्छौं । जात धर्म भाषाले फरक फरक भए त पनि हामी सबै एउटै परिवारको नाता साइनो सम्बन्धमा मिलेर बसेका छौं । फरक फरक जातीमा पनि गाउँ घरमा बोलाउँदा परिवार भित्रैको नाता साइनो लगाएर बोलाउँछौ । यो हामी ताप्लेजुङेहरूको बिशेषता हो ।’

उनका अनुसार ताप्लेजुङ समाज नेपालले जिल्लाको समाजिक बिशेषतालाई काठमाडांैमा पनि जीवन्त राख्दै आएको छ भने जिल्लावासीले मनाउने सबै खाले चाडपर्वहरूलाइ समाजले बराबर व्यवहार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा