भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

नयाँदिल्ली । मनसुनी वर्षा अहिले देशभरका मानिसहरूका लागि पीडाको कारण बनेको छ । उत्तर प्रदेशमा भइरहेको लगातारको वर्षाका कारण नदीहरूको जलस्तर बढेको छ । फर्रुखाबाद जिल्लामा गङ्गा नदीको बाढीको पानी ३३ वटा गाउँ र ४० वटा सरकारी विद्यालयमा पसेको छ । बलियामा पछिल्लो एक साताको अवधिमा सरयु नदीले २७ वटा घर बगाएको छ । वाराणसीमा […]

सामाजिक सञ्जालमा लाइभ भइरहेकै बेला गोली हानी हत्या

काठमाडौं । सामाजिक सञ्जालमा लाइभ स्ट्रिम भइरहेकै बेला अचानक मोटरसाइकलमा आएका दुई व्यक्तिहरूले २३ वर्षीय एक चर्चित इन्फ्लुएन्सरको गोली हानी हत्या गरेका छन् । मेक्सिकन सामाजिक सञ्जाल इन्फ्लुएन्सर सेसर गास्टेलुमको मंगलबार गोली हानी हत्या भएको हो । उनी आफ्ना साथीहरूसँग एउटा फास्टफुड रेस्टुरेन्टबाहिर लाइभ स्ट्रिमिङ गरिरहेको बेला उक्त आक्रमण भएको हो । हत्या भइरहँदा उनका […]

मेटा-भारत सरकारबीच छलफल, जुकरबर्गले बिनासर्त भारतसँग माफी माग्नुपर्ने अडान

विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट हटाइएको घटनापछि मेटाका उच्च अधिकारीले भारत सरकारसँग छलफल गरेका छन् । मेटाका प्रमुख विश्वव्यापी मामिला अधिकारी जोएल काप्लानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार करिब ४५ मिनेटसम्म चलेको छलफलमा […]

निर्वासनबाटै सक्रिय पूर्वप्रधानमन्त्री हसिना

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने संकेत दिएकी छिन् । विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले […]

हर्मुज जलघाँटी चाँडै नखुले इरानले गम्भीर परिणाम भोग्छ: अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले जलघाँटी पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गरेका छन् । क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलघाँटी […]

भारतीय झण्डा भएको जहाजमाथि लाल सागरमा आक्रमण

काठमाडौं । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ । इरानसमर्थित हुथी विद्रोहीले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत जहाजमा आक्रमण गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । हमलापछि जहाज डुबेको छ । तर जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई भने सुरक्षित उद्धार गरिएको बताइएको छ । भारतीय विदेश […]

पाकिस्तानको कोइला खानीमा विस्फोट: ३४ कामदारको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा एक कोइला खानीमा भएको विस्फोटमा परी ३४ जना कामदारको मृत्यु भएको उद्धार अधिकारीहरूले बताएका छन् । प्रान्तीय राजधानी क्वेटाको बाहिरी इलाकामा अवस्थित उक्त खानीमा बिहीवार स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे विस्फोट भएको थियो । खानीभित्र काम चलिरहेका बेला अचानक विस्फोट हुँदा त्यहाँ कार्यरत मजदुरहरू भित्रै थुनिएका थिए । […]

भारतको महाराष्ट्रमा भवन भत्किँदा ९ जनाको मृत्यु, उद्धार कार्य जारी

भारत । भारतको दक्षिण-पश्चिमी राज्य महाराष्ट्रमा एक बहुतले आवासीय भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ । बिहीवार राति भएको यस दुर्घटनामा अन्य धेरै व्यक्तिहरू भग्नावशेषमा पुरिएको स्थानीय अधिकारीहरूले शुक्रवार पुष्टि गरेका छन् । भारतको आर्थिक राजधानी मुम्बई नजिकै पर्ने भिवण्डी क्षेत्रमा उक्त दुर्घटना भएको हो । घटना पश्चात् रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो […]

द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित

बैंकक । गत वर्षको झडपपछि थाइल्याण्डसँगको सीमामा २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका एक विशेषज्ञले शुक्रबार बताए। उनले दुवै पक्षलाई यो संकट समाधान गर्न आग्रह गरेका थिए । लामो समयदेखि चलिरहेको सीमा विवाद जुलाई र डिसेम्बरमा लडाइँमा परिणत भएको थियो, जसमा दर्जनौं मानिस मारिएका थिए। उनीहरूले डिसेम्बरमा युद्धविराम सम्झौता गरेका थिए, […]

जापानमा भूकम्प, २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

जापान । जापानका आपत्कालीन उद्धारकर्मीहरूले भूकम्पले भत्किएको सपिंग मलबाट जीवित मानिसहरूलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ । गत मंगलबार गएको भूकम्प पछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताए पछि सरकारले नयाँ तथ्यांक जारी गरेको हो । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं