कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक, वैज्ञानिक उत्साहित

काठमाडौँ । कोरोना भाइरसविरूद्धको चिनयाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेपछि वैज्ञानिकहरू उत्साहित भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएका हुन् । दोरो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको र प्रतिरोधी क्षमता […]

रुसले उत्पादन थाल्यो कोरोनाविरुद्धको खोप, अब बजारमा पुग्ला ?

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप विश्वमै सबैभन्दा पहिला विकास गरेको दावी गर्दै आएको रुसले खोपको पहिलो खेप उत्पादन गरेको छ । केही मुलुकका वैज्ञानिकहरुले भने रुसलाई खोप उत्पादनका लागि हतारमा अनुमति दिएर त्यहाँको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यमाथी खेलवाड गरेको भन्दै चिन्ता ब्यक्त गरेका छन । खोपको तेस्रो चरणको परीक्षण बिना नै उत्पादनको अनुमति दिइएको […]

कोरोना महामारीका कारण न्यूजिल्याण्डको आम चुनाव एक महिनापछि धकेलियो

न्यूजिल्याण्ड । कोरोना भाइरसको महामारीका कारण न्यूजिल्याण्डको आम चुनाव एक महिनापछि धकेलिएको छ। प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोना भाइरसका संक्रमितहरु पुनः देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको घोषणा गरेकी हुन् । न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आमचुनाव हुँदै थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको प्रधानमन्त्री ज्यासिन्डाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उनले देहत्याग गरेको अधिकारीहरुले जनाएका छन् । आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेका छन् । उनले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई […]

रुसको खोप ‘बाँदरलाई पनि लगाउँदैनौ’ भन्ने अमेरिका अहिले खोपले काम गर्नेमा विश्वस्त

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित कतिपय देशका वैज्ञानिकले शंका व्यक्त गरे पनि अन्ततः रुसले कोरोना खोपको उत्पादन थालेको छ । रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन शुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तिमसम्ममा मानिसलाई लगाउन शुरु गरिने जनाइएको छ । तर कतिपय विज्ञले रुसले चाँडै […]

होसियार ! कुखुराको मासुमा भेटियो कोरोना भाइरस

बेइजिङ । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी […]

विश्वमा एकैदिन २ लाख ७१ हजार बढी संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड १० लाख नाघेको छ । कोरोनाको महामारीले शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको […]

नाइजेरियाली शहरमा वृद्ध बलात्कारीलाई मृत्युदण्ड

कानो,(एजेन्सी) । नाइजेरियाली शहर कानो स्थि एक इस्लामिक अदालतले १२ वर्षिया बालिकामाथि वलात्कार गरेको अभियोगमा एकजना वृद्धलाई मृत्युदण्ड सुनाएको छ । कानो राज्यका न्यायालयका प्रवक्ताले उच्च सरिया अदालतले एकजना ६१ वर्षिय नम नखुलाइएका पुरुषलाई सन् २०१९ मा विकट फार्सा गाउँ नजिक एउटा रुख मुनि ति बालिकामाथि वलातकार गरेको घटनामा दोषि ठहराइएको वीवीसीलाई बताएका छन् । […]

फिलिपिन्स र भेनेजुयलाले रुसी भ्याक्सिन प्रयोग गर्ने

एजेन्सी । फिलिपिन्स र भेनेजुयलाले आफ्नो देशमा रुसी भ्याक्सिन प्रयोग गर्ने भएका छन् । गत मंगलबार रुसमा दर्ता भएको ‘स्पुटनिक पाँचौ’ कोभिड–१९ भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल आफ्नो देशमा गर्न उनीहरु तयार भएका हुन् । भेनेजुयलाले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन दर्ता गर्ने रुसी प्रस्तावको स्वागत पनि गरेको छ । परीक्षण सफल भएमा स्थानीय बजारमा यसको […]

कोरोनाविरुद्ध रुसको खोप प्रति अन्तर्राष्ट्रिय समुदायको आशंका निराधार : रुसी स्वास्थ्यमन्त्री

एजेन्सी । रुसले आफ्नो मुलुकमा बनाइएको कोरोनाविरुद्धको खोपका विषयमा अन्तर्राष्ट्रिय समुदायले गरेको आशंका निराधार रहेको बताएको छ। रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले समाचार संस्था इन्टरफ्याक्ससँग भने, ‘हाम्रा विदेशी मित्रहरु खोपको प्रतिस्पर्धामा रुस अगाडि रहला भनेर डराइरहेका छन्, यो नितान्त निराधार हो।’ उनले रुसी खोपको पहिलो खेप आगामी दुई साताभित्र आउने र सबैभन्दा पहिला चिकित्सकहरुलाई दिइने बताए। […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा