भारतमा बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु

भारत । विगत केही दिनदेखि दक्षिण–पश्चिमी मनसुन सक्रिय भएसँगै भारतका विभिन्न राज्यहरूमा अविरल वर्षाका कारण बाढी र डुबानको समस्या उत्पन्न भएको छ । मुलुकको पूर्वदेखि पश्चिमसम्मका धेरै क्षेत्रहरू वर्षाको चपेटामा परेका छन् । आधिकारिक तथ्यांकअनुसार आसाममा बाढीका कारण बिहीबारसम्म ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । त्यहाँका ११ जिल्लाका करिब ६ लाख मानिस बाढीबाट प्रत्यक्ष […]

इरानी सम्पत्तिबाट सामुन्द्रिक क्षतिको भरपाई गरिन्छ : डोनाल्ड ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा जहाज, कार्गो वा अन्य सम्बन्धित सम्पत्तिमा हुने कुनै पनि क्षतिको भुक्तानी अमेरिकाको नियन्त्रणमा रहेको इरानी कोषबाट गरिने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘यस वक्तव्यलाई आधिकारिक जानकारीका रूपमा लिइयोस् कि अब उप्रान्त जहाज, कार्गो वा सम्बन्धित सामग्रीमा हुने […]

बांङ्लादेशका राष्ट्रपतिले दिए राजीनामा

काठमाडौं । बांङ्लादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमार्फत उनको पदत्यागको औपचारिक जानकारी दिइएको हो। ७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि राष्ट्रप्रमुखको औपचारिक जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको कार्यकालका दौरान सन् २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत […]

क्षेत्रीय सुरक्षा र सामुन्द्रिक स्थिरताका लागि पाकिस्तान र साउदी अरबबीच सहकार्य

पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदबीच बिहीवार टेलिफोन वार्ता भएको छ । सो क्रममा दुवै नेताले क्षेत्रीय सुरक्षा र सामुन्द्रिक स्थिरताका लागि निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री सरिफले लाल सागरमा साउदी तेल ट्याङ्करहरूमाथि हुथी विद्रोहीहरूले गरेको आक्रमणको निन्दा […]

राहुल गान्धीसहित काँग्रेस नेताहरू प्रहरी नियन्त्रणमा

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता तथा लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास क्षेत्र नजिकै प्रदर्शन गर्ने क्रममा गान्धीसहित काँग्रेसका केही शीर्ष नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काँग्रेसका सांसदहरूले मंगलबार दिउँसो दिल्लीस्थित लोक कल्याण मार्गमा रहेको प्रधानमन्त्री […]

सिक्किममा सुरुङ दुर्घटनामा ९ जनाको मृत्यु, १५ जना सम्पर्कविहीन

सिक्किम। भारतको सिक्किम राज्यमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना श्रमिकको मृत्यु भएको छ। दुर्घटनापछि अझै १५ जना सुरुङभित्र फसेको अनुमान गरिएको छ भने विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले जनाएका छन्। सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी स्वामित्वको जलविद्युत् परियोजनाको सुरुङमा काम भइरहेका बेला दुर्घटना भएको हो। घटनापछि प्रारम्भिक रूपमा […]

युक्रेनबाट छुटेको जहाजमा मिसाइल आक्रमण, १० जनाको मृत्यु

काठमाडौं । युक्रेनबाट छुटेको मालवाहक जहाजमा मिसाइल आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ । ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाज ‘एमभी गोल्डेन लियो’मा भएको मिसाइल आक्रमणमा १० जना चालक दलका सदस्यको मृत्यु भएको बीबीसीले जनाएको छ । जहाजमा भारत र सिरियाका नागरिक रहेका छन् । युक्रेनको नौसेनाका अनुसार टर्कीको स्वामित्वमा रहेको उक्त जहाज खाद्यान्न […]

किभमाथि रुसको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण, १ जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनको राजधानी किभलाई लक्षित गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक मानिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्। शनिबार रातिदेखि आइतबारसम्म किभका विभिन्न क्षेत्रमा लगातार आक्रमण भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई राजधानी किभमाथि […]

खाडी क्षेत्रमा ड्रोन त्रास : कुवेत, बहराइन र साउदी अरबमा साइरन बज्यो

काठमाडौं । खाडी क्षेत्रका धेरै देशमा शनिबार बिहान सुरक्षा सतर्कता उच्च बनाइएको छ। कुवेत, बहराइन र साउदी अरबका केही क्षेत्रमा सम्भावित शत्रुतापूर्ण ड्रोनको खतरा देखिएपछि साइरन बजाइएको तथा नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। कुवेतको सेनाले सामाजिक सञ्जाल एक्स (X) मार्फत जारी गरेको वक्तव्यमा शत्रुतापूर्ण ड्रोनको सम्भावित खतराविरुद्ध हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको […]

भारतमा हाइड्रोजन प्रविधिमा आधारित पहिलो रेल सञ्चालनमा

काठमाडौं । भारतले रेल यातायात क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई विस्तार गर्दै पहिलो हाइड्रोजनबाट सञ्चालन हुने रेल सेवाको सुरुवात गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट उक्त रेलको उद्घाटन गरेका हुन् । नयाँ हाइड्रोजन रेल जिन्द-सोनिपत रेलमार्गमा सञ्चालन गरिनेछ । वातावरणमैत्री यातायात प्रणाली विकास गर्ने भारतको प्रयासअन्तर्गत यसलाई रेल क्षेत्रमा प्रविधिगत उपलब्धिका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं