काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले संगठनभित्र गुटगत अभ्यासबाट टाढा रहन भावी नेतृत्वलाई सचेत गराएका छन्। आगामी नेतृत्व चयन प्रक्रियालाई प्रभावित पार्ने कुनै पनि प्रकारको समूहगत गतिविधि उपयुक्त नहुने उनको धारणा छ। महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहद्वारा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। सो अवसरमा […]
काठमाडौं । नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको जानकारी गराएको हो । चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ । […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आफ्ना सम्पूर्ण कार्यक्षेत्रभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको जनाएको छ। मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यसहित उक्त निर्णय कार्यान्वयनमा ल्याएको स्पष्ट पारेको छ। प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असर न्यूनीकरण गर्न तथा वैकल्पिक एवं वातावरणमैत्री सामग्रीको […]
खोटाङ । खोटाङका किसानहरु बाँदर नियन्त्रणको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारेपछि त्यहाँका किसानहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका छन् । ‘बाँदर व्यवस्थापन गर्नै पर्छ’, ‘गाउँमा बाँदर भरियो, जनता भोकै परियो’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गर्दै दिक्तेलबजार परिक्रमा गरेका […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले मालपोत कार्यालय, धनकुटाका तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासमेत १५ जना उपर गैर कानुनी लाभ वा हानि एवं घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने न्यूनतम उमेर थप वृद्धि गर्ने प्रस्ताव अघि सारिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो सिफारिस गरिएको हो। उक्त मार्गचित्रले हाल कायम गरिएको उमेर सीमालाई पुनरावलोकन गर्दै भत्ता पाउने उमेर ७५ वर्षसम्म पुर्याउन सुझाव दिएको छ। यसअघि सरकारले […]
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८६ हजार रुपैयाँ कायम भएको छ । त्यसतै चाँदीको मूल्य प्रतितोला रु चार हजार ७२० कायम भएको छ । […]
तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो । […]
खोटाङ । रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु पाँच करोड ११ लाख ४६ हजारमा पुल निर्माणको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आह्वान गरिएकामा आरके देन्धुप जेभी सोलुखुम्बुले रु दुई करोड ८९ […]
झापा । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक संकटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ । स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको रु ५० करोडभन्दा बढीको लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’पुल, पौडी खेल्न ‘स्विमिङ’ पुल, बच्चाका लागि किड्स पुल, ‘वाटर […]