काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति निर्धारण गरेको छ। आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम बिहीबार सार्वजनिक गरेको हो। जसमा २३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने उल्लेख छ। स्वीकृत कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज […]
ताप्लेजुङ – प्रतिनिधि र प्रदेसभा निर्वाचनका लागि नेकपा (एस) ताप्लेजुङले उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष छिरिङ लामाले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरिएकामा मुकुन्द भट्टराई (मिक्वाखोला गाउँपालिका), कल्पना तुम्बाहाम्फे (मेरिङदेन गाउँपालिका) र हर्क यक्सो (आठराई त्रिबेणी गाउँपालिका) छन् […]
काठमाडौं – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका भएका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा […]
झापा – ‘मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको । गत वैशाख ३० गते स्थानीय चुनावबाट उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको हो । त्यसयता सो वडामा प्रधानमन्त्री आउनुभएको छैन तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुग्नुभएको छ, उहाँहरू सबैलाई वडाध्यक्ष कार्कीले कुर्सीमा होइन, […]
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्रका मतदातासँग तीन दिनसम्म अन्तरक्रिया गर्ने भएका छन् । झापा क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासित अन्तरक्रिया गर्न ओली बुधबार झापामा हुनेछन् । बुधबार झापाको बिर्तामोडमा हुने एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा […]
कर्णाली – करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व […]
विराटनगर – प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गर्नुभयो । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ […]
विराटनगर – प्रदेश सांसद सर्वध्वज साँवाले आफूहरु घेराबन्दीमा परेको भन्दै संसदमै गुहार मागेका छन् । संसदलाई सम्बोधन गर्दै उनले सुरुमै ‘गुहार गुहार भन्न चाहन्छु’ भनेर आफ्नो भनाई सुरु गरेका थिए । उनले प्रदेश नामाकरणको सम्बन्धमा विभिन्न समुहहरुको दबाब र घेराबन्दीका कारण सांसदहरु असुरक्षित भएको समेत गुनासो गरेका छन् । उनले आफूहरुलाई बलिको बोको बनाइएको बताए […]
काठमाडौं – नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम […]
उदयपुर – उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु […]