काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के-कस्ता हुन्छन् भन्ने आम मानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रूपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य […]
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवासंघ नेपालका अध्यक्ष क्षितिज थेबेले पार्टी भित्रको गुटबन्दीले आउन लागेको प्रतिनिधिसभा निर्वाचनमा कुनै असर नपर्ने दाबी गरेका छन् । नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले मंगलबार साँझ काठमाडौंमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटबन्दी आन्तरिक हुने र बाह्य दलसँग लड्दा सधैँ एमाले एक […]
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अतिवादी र हीनताबोध त्याग्नु नै एमाले पार्टी भित्रको एकताको मुख्य बिन्दु भएको बताएका छन् । नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले पार्टी भित्र अतिवादी र हीनताबोध देखिएकाले यी दुवै त्याग्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् […]
ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ताप्लेजुङले एमाले उपमहासचिव योगेश भट्टराईसहित ५ जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गरेको छ । शनिवार बसेको जिल्ला कमिटी बैठकले योगेश भट्टराई, तिलकुमार मेन्याङ्वो, छितिज थेबे, टंक आंबुहाङ लिम्बु र भीमा ओझाको नाम सिफारिस गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष दिपेन पोमुले जानकारी दिए । उनीहरूको नाम प्रदेश र […]
विराटनगर । साथीभाइ भेटघाटको क्रममा हिजोआज संवादको ताप बढाउन कफी अनिवार्यजस्तै बनेको छ । तर, यही कफी कसैका लागि केवल कुराकानीको बहाना मात्र नभई आत्मनिर्भर भविष्य र अन्तर्राष्ट्रिय पहिचानको माध्यम पनि बन्न सक्छ भन्ने उदाहरण हुन् – दाबुटी शेर्पा । दोलखाको विकट सिमी गाउँबाट सुरु भएको उनको जीवनयात्रा आफैँमा संघर्षको प्रेरक दस्तावेज हो । नामको […]
काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले विगत ३ वर्षमा पूर्वाधार विकासमा जोड दिएर काम गरेको पाइएको छ । गाउँपालिकामा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि अध्यक्ष दिपेन्द्र पोमुले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै काम गरेको र शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत लगायत नागरिकका आवश्यकतालाई पनि उत्तिकै महत्व दिएको बताएका छन् । गाउँपालिकामा आफू निर्वाचित भएपछिको तीन वर्षे […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण गर्ने बाटो सर्वोच्च अदालतले खोलिदिएसँगै जिल्लावासी खुसी भएका छन् । जिल्लाको विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने केबलकार परियोजनाको सुरु भएको काम यसअघि सर्वोच्चको अल्पकालीन आदेशका कारण रोकिएको थियो । निर्माण कार्य रोक्न माग गर्दै गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट […]
काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा मन्दिरसम्म निर्माणाधीन केबलकार रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश नदिने निर्णय गरेसँगै सो परियोजना निर्माणको बाटो खुलेको छ । न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्माण तत्काल रोक्नुपर्ने कानुनी आधार नदेखिएको ठहर गरेको हो । रिट निवेदकले केबलकारले धार्मिक, […]
काठमाडौं । पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले काठमाडौं पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको विषयलाई द्वन्द्वभन्दा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार रहनुपर्ने बताएको हो । संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान […]
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यति बेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । छ सय आठ […]