काठमाडौं । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएका ‘नो केबलकार समूह’ले वार्ता गर्न सहसचिवभन्दा माथिल्लो स्तरको समिति माग गरेपछि गृहमन्त्री रमेश लेखकले उनीहरूलाई सहसचिवको हैसियत सम्झाएका छन् । सोमबार साँझ गृहमन्त्रालय पुगेका उनीहरूले गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गर्दा सही सन्देश जाने बताएका थिए । त्यसपछि गृहमन्त्रीले भने, ‘संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने सहसचिवले संसारभरिका […]
ताप्लेजुङ । तीर्थयात्रीको सहजताका लागि पाथीभरामा केबलकार निर्माण गर्ने विषयमा ताप्लेजुङका जनप्रतिनिधि र स्थानीय एकजुट भएका छन् । उनीहरूले केबलकार निर्माणले पहिचान, धर्म, संस्कार र संस्कृतिमा कुनै असर नगर्ने बरु यसले जिल्लालाई समृद्ध बनाउने बताए । सोमबार बिहान फुङलिङ नगरपालिकाले सदरमुकाम फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित मेयर, वडाध्यक्ष, जिल्लाका बुद्धीजिवी र स्थानीयले केबलकार निर्माणमा ‘जिल्लावासीको […]
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पाथीभरा मन्दिरमासम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले ताप्लेजुङका नागरिकको जीवनस्तरमा सुधार आउने बताएका छन् । उनले केबलकारले पहिचान नमास्ने बताउँदै यसले पहिचानको विश्वभर प्रवद्र्धन गर्ने बताए । पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान […]
विराटनगर । पाथीभरामा केबलकार निर्माणमा अवरोध हुनु उचित नभएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ । पूर्वाधारको कमीका कारण पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको बेला यसरी विकासकाे अवराेध हुनु उचित नभएकाे महासंघकाे ठहर छ । यसाे हुँदा लगानीकर्तामाझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने भएकाले […]
काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो र केही फोटोहरू भाइरल छन् । भिडियो र फोटोमा हेर्दा मध्यरात देखिन्छ । एम्बुलेन्समा कोही रोइरहेको आवाज सुनिन्छ । अनि, एम्बुलेन्स दौडने सडकमा ढलेका रुख छन् । घटना मंगलबार विहानको राती करिब २ बजेको भएको बताइएको छ । पाथीभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले मेची […]
सुनसरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै पहिचानवादी समूहले गरेको आन्दोलनमा घाइते भएकाहरूको काठमाडौंमा उपचार हुँदैछ । उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय समेत गरेको छ । तर, तिनै घाइतेको उपचारका नाममा धरानमा मनमानी आर्थिक सङ्कलन भइरहेको खुलेको छ । धरानका नगर प्रमुख हर्कराज राईको श्रम […]
ताप्लेजुङ । पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै यसको विरोधमा पहिचान पक्षधरले गरेको यातायात बन्दको विकल्प खोज्न यातायात मजदुरले आग्रह गरेका छन् । विहीबार एक विज्ञप्ति जारी गर्दै यातायात बन्दका कारण आफूहरू लाई पेट पाल्नै गाह्रो भएकाले आन्दोलन र बन्द गरेर मजदुरलाई समस्यामा नपार्न उनीहरूले आग्रह गरेका हुन् । तीन दिन सम्म आन्दोलनको […]
ताप्लेजुङ । नेपालको संविधानको धारा ३९(६) ले बालबालिका सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेको छ । उक्त ऐन अनुसार राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रयोग गर्नु कसुर हो । तर, ताप्लेजुङमा पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका पहिचान पक्षधरहरूले आफ्ना आन्दोलनमा बालबालिकाको प्रयोग गरिरहेको खुलेको छ । बालबालिका पक्राउ र घाइते भइरहेका छन् । मानवअधिकारकर्मी भन्छन्, […]
ताप्लेजुङमा रहको प्रसिद्ध तीर्थस्थल पाथीभरा देशमा मात्रै नभई विश्वभर चर्चित छ । यहाँ तीर्थयात्रीको चापा बढेसँगै उनीहरूका सहजताका लागि केबलकार निर्माण सुरु भएको छ । संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा देवी (मुकुम्लुङ) केबलकार प्रालिले पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको हो । ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा […]
काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माण हुँदा कुनै पनि पहिचान नष्ट नहुने बताएका छन् । काठमाडौंमा बुधकार पत्रकार सम्मेलन गर्दै भट्टराईले केबलकारको डीपीआर सबै आफूले हेरेको बताउँदै यसले पाथीभराको महिमालाई अझै फैलाउने बताउनुभयो । ‘यहाँ धेरै भ्रम फैलाइएको छ । केबलकार कान्छि थान माथिबाट लैजाने, पाथीभराको डाँडामा नै पु¥याउने […]