प्रदेश १ का प्रमुखले गरे एकै दिन पाँच विधेयक प्रमाणिकरण

विराटनगर । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले आईतबार एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय विराटनगरका अनुसार प्रदेश औद्योगिक ब्यवसायका सम्बन्धमा बनेको विधेयक, प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथख तत् सम्बन्धी अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक, प्रदेश नं १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा […]

नेकपाका ५० सांसदले सुरु गरे शीर्ष नेताहरुलाई दबाब दिन हस्ताक्षर अभियान

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५० जना भन्दा बढी सांसदले पार्टी एकताका लागि शीर्ष नेताहरुलाई दबाब अभियान सुरु गरेको बताएका छन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेका तीनै पक्षमा आवद्ध ५० सांसदले आइतबार अपरान्ह सिंहदरवारमा पत्रकार सम्मेलन गरेर […]

कांग्रेस प्रवक्ताको भन्छन् ‘अयोध्यापुरीमा राम मन्दिर बनाए लिम्पियाधुरा फिर्ता ल्याउन समस्या हुन्छ’

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको आलोचना गरेका छन्। उनले चितवनमा चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने भन्दै आलोचना गरेका हुन्। “द्वन्द्वान्तमक भौतिकवादको यो कस्तो अवतार”, उनले ट्वीट गर्दै प्रश्न गरेका छन्, “यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा […]

अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रवार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको […]

जुटेन कांग्रेसमा सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहबीच पार्टीका विभिन्न निकायलाई पूर्णता दिने कि नदिने भन्नेमा सहमति जुट्न सकेन । पार्टीका विभाग गठन गर्ने विषयमा दुई पक्षबीचको विवाद सतहमा आएपछि सभापति देउवाले बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेर सहमतिको प्रयास गरेका थिए । आफ्नै निवास बूढानीलकण्ठमा बिहान ९ बजे बोलाइएको बैठकमा सभापति देउवाले […]

कांग्रेस महाधिवेशनमा गुटगत तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका विभाग गठनमा सक्रिय बनेका बेला असन्तुष्ट पक्ष भने महाधिवेशन केन्द्रित रणनीति बनाउन सक्रिय भएको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको असन्तुष्ट पक्षको भेलाले सभापति देउवा विधानविपरीत महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न लागि परेको ठहर गर्दै महाधिवेशन केन्द्रित रणनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो । असन्तुष्ट पक्षका […]

धरान र ईटहरीमा सचेत नेपाली महाअभियानको प्रदर्शन

विराटनगर । विभिन्न माग राख्दै सचेत नेपाली महाअभियानले सुनसरीको धरान र इटहरीमा प्रदर्शन गरेको छ । यस्तै देशभर प्रदर्शनको तयारी महाअभियानले कोभिड महामारीको कारण दर्शाउदै प्रदर्शन स्थगन गरिएको जनाएको छ । अवस्था सामान्य भएसंगै सचेत नेपाली महाअभियानले देशका विभिन्न स्थानहरुमा समेत प्रदर्शन गरिने जनाएको छ । सरकारले पास गर्न लागेको एम.सि.सि. खारेज हुनुपर्ने, कालापानी, लिपुलेख, […]

बामदेवले प्रचण्डलाई भने ‘म कुनै गुटमा लाग्दिन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफु कुनै गुटमा नलाग्ने बताएका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड गौतमको निवासमै पुगेका थिए । उक्त भेटमा नेता गौतमले आफु कुनै गुटमा नलाग्ने जवाफ दिएको पत्रकार एवं गौतमका सहयोगी विश्वमणी सुवेदीले जानकारी दिए । ‘आजको भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक […]

जसपाको बैठक बस्दै, पार्टी समायोजनका विषयमा छलफल हुने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ। बिहान ११ बजे ललितपुरस्थित तलुसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा बैठक बस्ने भएको हो। पार्टीको तल्लो तहसम्म समायोजन र नेताहरूको कार्यविभाजन बैठकको मुख्य अजेण्डा रहेको पार्टीका नेता महेन्द्रराय यादवले बताए। कोरोना संकट, बाढी, पहिरो र डुबान लगायतका प्राकृतिक विपद्सँगै समसामयिक राजनीतिक विषयले पनि बैठकमा प्रवेश पाउने […]

प्रधानमन्त्रीले भने ‘संकटलाई विरोध गर्ने अवसर नठानौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि विरोध,उता पल्टाएर […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा