अर्जेन्टिनाको २८ वर्षे उपाधि खडेरी के मेस्सीले तोड्लान अब ?

काठमाडौं । विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करणको उपाधिका लागि ल्याटिन अमेरिकन दुई पावर हाउस ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर हुनेछ । फाइनल खेल शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा हुँदैछ […]

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौ । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल […]

युरोकपमा दोस्रो सेमिफाइनल खेल आज, इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज हुने खेलमा दुबै टोली जित निकाल्दै फाइनलमा पुग्ने योजनामा रहेका छन् । इङ्ल्यान्ड र डेनमार्क जित […]

युरोकप : उपाधिको दाबेदार स्पेनलाई हराउँदै इटाली फाइनलमा प्रवेश

काठमाडौ । उपाधिको दाबेदार स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो । वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो […]

युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा (खेल तालिकासहित)

काठमाडौ । युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यस पटक इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनल खेल बुधबार र […]

युरोकप : युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौ । युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । रोममा आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गर्दा ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा […]

युरोकपमा आज दुई खेल हुँदै, सेमिफाइनल पुग्ने टोली टुंगिने

विराटनगर । युरोपमा फुटबलमा आज पनि क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क खेल्दैछन् भने दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९स्४५ बजे हुनेछ । चेक रिपब्लिक र डेनमार्क दुबै […]

युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु, यस्तो छ आजको भिडन्त

काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९:४५ बजे […]

पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं । थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ । सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको […]

रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोलको कीर्तिमान बराबरी

काठमाडाैं । पाेर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोलको कीर्तिमान बराबरी गरेका छन्। बुधबार राति बुडापेस्टमा भएकाे १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा घरेलु टाेली फ्रान्सविरुद्ध दुई पेनाल्टी गाेल गर्दै रोनाल्डोले सबैभन्दा बढी गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी गरेका हुन् । अलि दाइले सबैभन्दा बढी १०९ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा