काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल कात्तिक ९ गते हुनेछ। लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंसिर १ गते […]
जापान । २०औं एसियन गेम्सको उद्घाटन भएको छ । शनिबार जापानको आइची नागोयामा मिजोहु स्टेडियममा उद्घाटन भएको हाे । जापानका एम्पेरर नारुहितोले २०औं एसियन गेम्स २०२६ को औपचारिक उद्घाटन भएको घोषणा गरेका थिए । जापानको राष्ट्रिय गानसँगै फ्ल्याग होस्ट गर्दै उद्घाटन समारोह सुरु भएको थियो । अन्तिममा एसियाडको टर्च बालेपछि २०औं एसियन गेम्सको उद्घाटन समारोह […]
काठमाडौं । २०औं एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते) सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो । प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ । समारोह स्थानीय समयअनुसार आज साँझ ६ बजे सुरु हुनेछ । प्रतियोगिताका केही खेल […]
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा छापा मार्नुका साथै पदाधिकारीसँग सोधपुछ गरेको छ। सीआईबीले एन्फाको सातदोबाटोस्थित मुख्यालयबाट अनुसन्धानका लागि विभिन्न कागजात नियन्त्रणमा लिएको छ। त्यसक्रममा एन्फाका पदाधिकारीसँग समेत सोधपुछ गरिएको सीआईबी स्रोतले पुष्टि गरेको छ। एन्फामा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा सीआईबीले अनुसन्धान […]
काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदअन्तर्गत नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४ बजे कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपालले बुधबार भएको पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजय व्यहोरेको थियो। समूह ‘ए’ मा रहेको नेपाल आज […]
काठमाण्डौ । काठमाडौं गोर्खाजले अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको जनाएको छ। ३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन्। उनले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्। समग्र टी–२० क्रिकेटमा वार्नरले ४३९ खेलमा १० शतक र […]
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यूएईका लागि राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित […]
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा […]
काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। दीपेन्द्र सिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए। १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। नेपालका सन्दीप […]
काठमाडौँ । बाबर हायातको उत्कृष्ट शतकप्रेरित हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितका लागि २६२ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको योगफल बनाएको हो। हङकङका लागि बाबर हायातले अविजित शतक प्रहार गरे। उनले १२६ बलमा ७ चौका र ७ छक्काको मद्दतमा […]