काठमाडौं । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यही फागुन १८ गते राति १२:०० बजेपश्चात् सुरु भएको मौन अवधिमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पालना गर्न दलका उम्मेदवार, भ्रातृ संगठनलगायत सम्बन्धित सबैलाई आग्रह गरिएको हो । […]
काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सक्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम गत फागुन ३ गतदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको थियो । २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता […]
झापा । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराई आफ्नो गृह जिल्ला ताप्लेजुङका एमाले उम्मेदवार क्षितिज थेबेको चुनावी आमसभा र अभियान सकेर अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा–५ पुगेका छन् । उनी ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित एमाले ताप्लेजुङको अन्तिम चुनावी आमसभालाई शनिवार सम्बोधन गरेर साँझ नै झापा पुगेका हुन् । उनले आइतबार र सोमबार झापा ५ का विभिन्न […]
ताप्लेजुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । विहान, बेलुका दैनिक परिरहेको सिमसिम वर्षाले ताप्लेजुङमा चिसो बढेको छ, तर राजनीतिक तापक्रम भने उच्च छ । १३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि मुख्य प्रतिस्पर्धा ५ दलबिच केन्द्रित देखिन्छ —नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति […]
ताप्लेजुङ । नेकपा (एमाले)ले हजारौंको उपस्थितिमा ताप्लेजुङको फुङलिङमा शनिवार अन्तिम चुनावी आमसभा गरेको छ । सदरमुकाम स्थित तोक्मे डाँडामा आयोजना गरिएको चुनावी आमसभालाई एमाले उपमहासचिव योगेश भट्टराई, एमाले केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, नेता पासाङ शेर्पा, उम्मेदवार क्षितिज थेबे लगायतले सम्बोधन गरेका थिए । राष्ट्रिय कलाकार तथा गायक, गायिका लगायतको प्रस्तुति समेत रहेको उक्त आमसभामा जिल्लावासी […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन – यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’ उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक […]
किमाथाङ्का (संखुवासभा) । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ । जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका ३३ उजुरी परेका छन् । […]
काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन […]
काठमाडौं । २१ फागुनको निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म ४१ वटा राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरी त्यसको जानकारी निर्वाचन आयोगमा गराएका हुन् । प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने दलको संख्या ६७ छ । समानुपातिक तर्फ भने ६३ दलका उम्मेदवार […]
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो । नेपालतर्फका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज जिल्ला, […]