प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने […]

प्रधानमन्त्रीकाे स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस् : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छिटोभन्दा छिटो प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराउन माग गरेको छ । पार्टीको तर्फबाट मंगलबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो माग गरेका हुन् । हिजो (सोमबार) प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकै नीति तथा कार्यक्रम […]

बालेन शाहको उदय क्रान्तिको जित हाे : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्रीसहितलाई काठमाडौंको मेयर निर्वाचन हुँदा आफूले गणतन्त्रको फूल भनेको बताए । ‘मैले तपाईंहरूलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईंहरूको जिम्मेवारी […]

सरकारप्रति आशङ्का, राजनीतिक नियुक्ति लिएका केही मात्र पदमुक्त

काठमाडौं । मौजुदा सरकार गठन हुनुभन्दा अगाडी राजनीतिक नियुक्ति लिएका विभिन्न सार्वजनिक निकायहरूका पदाधिकारीहरूलाई पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ मार्फत पदमुक्त गरे पनि कतिपय निकायका पदाधिकारी अझै पदमुक्त भएका छैनन् ।  एउटै ऐन वा नियमावलीमार्फत नियुक्त भएका कसैलाई पदमुक्त गर्ने र कसैलाई जोगाउने दोहोरो मापदण्डका कारण सरकारको नियतप्रति आशङ्का सुरु भएको छ ।  विगतमा राजनीतिक […]

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका हुन् । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संयुक्त सदनको बैठक पनि बस्नेछ। सरकारका तर्फबाट राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् […]

देशभरका सरकारी कार्यालयमा आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई […]

तिनजुरेमा समन्वय समितिका प्रमुखहरू, पर्यटन प्रवर्द्धनका विषयमा छलफलको तयारी

काठमाडौं । ‘तिनजुरे मिल्के, जलजले क्षेत्रको विकासमा सरोकारवालाहरूको हात, पर्या–पर्यटन विकास र समृद्धिमा सबैको साथ,’ भन्ने नाराका साथ तेह्रथुमको वसन्तपुरमा दुई दिने कार्यक्रम सञ्चालन हुने भएको छ । नव–वर्षको शुभकामना आदान–प्रदान तथा प्राकृतिक सम्पदा गुराँस, याक, चौरी र गुफापोखरीको अवलोकन र छलफलसहितका विभिन्न खेलकुद समेटिएका कार्यक्रम सोमबार र मंगलबार दुई दिन सम्म सञ्चालन हुने आयोजकले […]

रास्वपा सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र केन्द्रीय समिति बैठक […]

फाइभ स्टार होटलमा सांसदको प्रशिक्षण, आशिका तामाङको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरू महँगा फाइभ स्टार होटलमा गरिएको भन्दै आपत्ति जनाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको स्रोतको दुरुपयोग र फजुल खर्चको विषयमा गम्भीर प्रश्न उठाएकी हुन्। सिंहदरबारभित्रै पर्याप्त सभाहलहरू हुँदाहुँदै बाहिर महँगा होटल वा अरूसँग हल सापटी […]

एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रमेश बस्नेत नियुक्त

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी रमेश कुमार बस्नेतलाई दिएको छ । दलका नेता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस्नेतलाई उक्त पदमा नियुक्त गरेका हुन् । सुनसरी निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बस्नेतलाई संगठनात्मक समन्वय तथा संसदीय कार्य सञ्चालनको जिम्मेवारी दिइएको हो । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं