विराटनगर । मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले चार थान बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । केराबारी ३ का ३२ वर्षीय हस्तकुमार राईको हत्या गरि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ शिकार खेल्न गएकोमा जेठ ८ गते गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागेर […]
विराटनगर । उच्च अदालत विराटनगरले निषेधाज्ञाका बेला समस्यामा परेका विपन्न नागरिकलाई २४ घण्टाभित्र राहत उपलब्ध गराउन विराटनगर महानगरपालिका र १ नं. प्रदेश सरकारलाई आदेश दिएको छ । अधिवक्ता विनोद साहलगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश राजनप्रसाद भट्टराईको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । कोरोना महामारी नियन्त्रणका […]
उदयपुर । उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४ः२५ बजे रौतामाई गाउँपालिका ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन […]
विराटनगर । प्रदेश १ सरकारले ‘कोरोना जनसुरक्षा कोष’ मा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । यो सँगै अब प्रदेश १ को कोषमा २० करोड ५६ लाख ९१ हजार ५ सय ६ रुपैयाँ मौज्दात पुग्ने छ । कोषबाट अहिलेसम्म १७ करोड बढी रकम खर्च […]
विराटनगर । कोरोना महामारी र राजनीतिक विवादका कारण कानून अनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान गर्न नसकेको प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्दै छलफलको समय घटाउने भएको हो । जसका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुखले बुधबार अध्यादेश जारी गरेका छन् । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, […]
तेह्रथुम । तेह्रथुमका एक वडासदस्य बहुविवाहको आरोपमा पक्राउ परेका छन् । आठराई गाउँपालिका ६ चुहानडाडाका वडासदस्य तेजबिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाले कान्छि श्रीमती ल्याएपछि जेठि श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएकी थिईन् । त्यसकै आधारमा प्रहरीले कान्छि श्रीमती हरीकला आचार्यसँगै कन्दङ्वालाई पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाका जेठिबाट ३ […]
विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन बोलाउने तयारी गरेको छ । कोरोना महामारीकै बिचमा भए पनि बजेट ल्याउनुपर्ने बाध्यता भएकाले जेठको अन्तिम साता बजेट अधिबेशन बोलाउने तयारी गरेको हो । मंगलबार प्रदेशसभाको बजेट अधिवेशन बोलाउने विषयमा मुख्यमन्त्री शेरधन राईले विपक्षी दलसँग छलफल समेत गरेका छन् । मुख्यमन्त्री राईले जेठ २५ नभए २६ गतेतिर सुरु […]
फिदिम। काभ्रेका पत्रकार नगेन्द्र अधिकारीलाई बुधबार ९२०७८ जेठ १२ गते० अर्का पत्रकार सञ्जय पन्थीको म्यासेज आयो। जुम मिटिङमा जोडिन भनेर पन्थीले पठाएको म्यासेजमा मिटिङमा जोडिनका लागि कोड नम्बर पनि पठाइएको थियो। अधिकारीले कोड नम्बर हेरे र जोडिने प्रयास गरे। तर, उनी जुममा जोडिन सकेनन्। ‘भिडियो कलमा एकजना पत्रकार साथीसँग बोल्दै जुममा जोडिने प्रयास गर्दै थिएँ,’ […]
विराटनगर । प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ । प्रदेश १ मा आज ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा […]
काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको मंगलबार अपराह्न निधन भएको छ । उनको उपचारका क्रममा अपरान्न ४ बजेर २५ मिनेटमा निधन भएको उनको हो । हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक […]