राजेन्द्र महतोको नागरिकता छानविन गर्न अख्तियारमा पर्यो उजुरी

काठमाडौं । राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सर्वोच्च अदालतको आदेश बमोजि मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री महतोको नागरिकता छानबिन गर्न माग गर्दै मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले अख्तियारमा उजुर हालेका हुन् । उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका […]

अदालतको आदेशमा योगेशको टिप्पणी : ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अदालतका पछिल्ला आदेशले एमाले एकताको अपरिहार्यतालाई जोड दिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले सर्वोच्चको आदेश एमाले एकताका लागि उत्प्रेरणा नै भएको दावी गरेका छन् । ‘बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’ उनले लेखेका छन् । मंगलबार सर्वोच्च […]

निषेधाज्ञामा सरकारी गाडि लिएर स्वयम्भू ‘डेटिङ’मा जाने जोडिको जवाफ : ‘हामी पूजा गर्न गएको हो’

काठमाडौं । निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भू डाँडामा ‘डेटिङ’ गएका सरकारी कर्मचारी दुवैले जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोधेको स्पष्टीकरण दिएका छन् । निषेधाज्ञामा स्वयम्भूको डाँडामा प्रेमालाप गरेर भाइरल बनेका दुवैले आफूहरु पूजा गर्न गएको स्पष्टीकरणमा भनेका छन् । झण्डै एक महिना अघि सरकारी गाडी लिएर स्वयम्भू डेटिङमा पुगेको सरकारी कर्मचारीको भिडियो र तस्वीरले सामाजिक सञ्जाल रंगियो […]

सरकारले गर्यो आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय

काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा […]

ताप्लेजुङ र पाँचथरसहित प्रदेश १ मा थपिए ३०८ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा […]

पाँचथरमा यसरी लापरवाहीले गईरहेकोछ ज्यान

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका घर भई फिदिममा बस्दै आएका ४५ वर्षीय पुरुषले ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि गत जेठ ३ गते पाँचथर जिल्ला अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाव दिए । स्वास्थ्य समस्याले सताइ रहेकै थियो र उनी अस्पताल गएनन् । पीसीआरको रिपोर्ट तीन दिन वित्दा पनि आएन । सिकिस्तै बिरामी परेपछि जेठ ६ गते […]

अब सरकारी अस्पताल र मेडिकल कलेजबाट मात्रै कोरोनाको निशुल्क उपचार हुने

विराटनगर । बुधबारदेखि सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरूबाट मात्रै कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । सरकारले कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पतालहरूलाई कोभिड अस्पताको सूचीबाट हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलीदेखि लागु हुनेगरी यस्तो निर्णय गरेको जनाएको हो । यसअघि कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता […]

झापाको भुटानी शरणार्थी शिविर फैलियो कोरोना, १२ जनामा सङ्क्रमण पुष्टि

झापा । झापाको भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा […]

कोरोनाको खोप नलगाए विश्वले नेपाललाई प्रतिबन्ध लगाउन सक्छ ?

काठमाडौं । नेपालमा कोरोनाको महामारी बढ्दै गइरहेका बेला सरकारले खोपको प्रवन्ध गर्न सकिरहेको छैन । पहिलो डोज लगाएका दशौं लाखले दोस्रो डोज लगाउन नपाई समय गुज्रिएको छ भने जनसंख्याको ठूलो हिस्साले पहिलो डोज नै लगाउन पाएको छैन । कोरोनाको दुबै डोज खोप लगाइएन भने नेपालबाट कोभिडका नयाँ–नयाँ भेरियन्टहरु जन्मन सक्ने र विश्वले नेपाललाई कारवाही गर्ने […]

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्बोच्चको अन्तरिम आदेश : २० मन्त्रीको पद गुम्यो

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् । जेठ ७ गते संसद विघटन […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा