काठमाडौं – नेकपा एमालेका सांसद योगेश भट्टराईले पाठ्यपुस्तकको अभावमा ८० लाख विद्यार्थी पढ्न पाउने अवसरबाट वञ्चित भएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समय लिएर बोल्दै उहाँले सामुदायिक विद्यालयमा पढ्ने माध्यमिक तहका ८० लाख विद्यार्थीको शैक्षिक भविष्य अन्योल भएको बताउनुभयो । शैक्षिकसत्र सुरु भएको एक महिना १३ दिन पुगे पनि सामुदायिक विद्यालयमा पढ्ने ७५ […]
काठमाडौं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४० अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक […]
झापा – झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा ती घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । […]
संखुवासभा – लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण […]
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी परेको छ । अश्लिल शब्द प्रयोग गरिएका अडियोहरू एकपछि अर्को गरी सार्वजनिक भएपछि कानुन व्यवसायी किशोर पौडेल, अनुपम भट्टराई र कानुनका विद्यार्थी रेजिना पौडेयालले ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता उलंघन’ गरेको भन्दै आलेविरुद्ध उजुरी दिनुभएको हो । केही दिनअघि मन्त्री आलेले नेपाल […]
झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा ५ सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गर्नुभएको हो । ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उहाँले […]
काठमाडौं – नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले संसदीय समितिको बैठक बहिष्कार गर्न नमिल्ने बताउनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबार ज्ञवालीले बैठकलाई इग्नोर गर्न नमिल्ने बताउनुभएको हो । ‘उहाँको समय अनुसार बैठक राख्न मिल्छ। तर इग्नोर गर्न मिल्दैन’, उहाँले भन्नुभयो,‘ भ्रमण तय भएको छैन भने पनि उहाँले […]
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । ‘एकता विभाजनको श्रृङ्खला पार गरेर यहाँ आइपुगेका छौं। माओवादी आन्दोलनभित्र पनि विभाजनको श्रृङ्खला र एकताको नयाँ प्रक्रिया हुँदै करिब करिब कस्तो ठाउँमा आइपुगेका […]
काठमाडौं – अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपालको संलग्नता सम्बन्धमा जानकारी दिन संसदीय समितिमा उपस्थित नभएको भन्दै सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देउवालाई बोलाए पनि अन्तिम समयमा बैठकमा आउन नसकिने जवाफ पठाउनुभएको थियो । आइतवार बसेको बैठकमा सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले संसदीय समितिको अपमान गरेको […]
ताप्लेजुङ ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले […]