बालेन र सुनिताको नेतृत्वमा काठमाडौं महानगरको नीति कार्यक्रम आज

काठमाडौं – काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाले जनाएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो। महानगरमा १९ जना […]

झापामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको छ । लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको टोली परिचालन गरेको हो । जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले बिर्तामोड डेङ्गुको जोखिम क्षेत्रभित्र रहेको जानकारी दिनुभयो । नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरु गरिएको नगरप्रमुख पवित्रा महतारा […]

बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं – गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताउनुभयो । हिमाली जिल्ला […]

निरन्तर वर्षा र तुँवालोले ताप्लेजुङमा उडान अवरुद्ध

ताप्लेजुङ – ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा […]

नेपालमा पहिलोपटक ‘हर्मोनन क्लिनिक’ सञ्चालनमा ल्याइँदै

काठमाडौं – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, पारालिङ्गी, अन्तर्लिङ्गी, र क्वेयर आदि पर्दछन् । यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील संस्था नेपाल परिवार नियोजन सङ्घले नेपालमा पहिलोपटक आगामी साउनदेखि निःशुल्करूपमा सो […]

के युएईका राजकुमार जुमाले दुर्गा प्रसाईंलाई दिएको लौरो सुनकै हो ?

झापा – तीन दिने भ्रमणका लागि नेपाल आएका युएईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएको समाचार धेरै अनलाइनहरूले लेखे। उक्त समाचार मिडियामा आएपछि ‘साँच्चै सुनकै लौरो होरु’ भनेर जिज्ञासा राख्दा बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले ‘हामी त भूँडी मिचेर हाँसिरहेका छौँ’ भनेर जवाफ […]

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोले घर बगायो, विद्युत् र सञ्चार अवरुद्ध

ताप्लेजुङ — अविरल वर्षा सँगैको पहिरोले शनिबार बिहान फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम चाकुका जीवन बाराकोटीको घर बगाएको छ । प्रहरी नायब उपरीक्षक कैलाश राईले मानवीय क्षति नभएको, तर भैंसी, बाख्रालगायतका पशुचौपाया बगाएको जानकारी दिनुभयो। पहिरो जान थालेपछि मानिसहरु भागेका थिए । यहाँका करिब २५ घर पहिरोको जोखिममा परेको स्थानिय जगन पौडेलले बताउनुभयो । पानी परिरहेको खण्डमा […]

मिस नेपाल २०२२ को फिनाले आज, उपाधिका लागि को को छन् प्रतिस्पर्धामा ?

काठमाडौं – मिस नेपाल २०२२ को ग्राण्ड फिनाले आज हुँदैछ। ग्राण्ड फिनाले आज साँझ ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने बताइएको छ । उपाधिका लागि २४ जना प्रतिस्पर्धामा हुनुहुन्छ । मिस नेपालको आयोजक संस्था ‘द हिडन ट्रेजर’ का अनुसार उपाधिका लागि आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, […]

दुर्गा प्रसाईको निमन्त्रणमा दुबईका राजकुमार शेख मोहम्मद आए झापा (फोटो फिचर)

झापा – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने भ्रमणका क्रममा नेपाल आएका छन् । बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंको निमन्त्रणा उहाँ नेपाल आएका हुन् । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । झापा पुगेका राजकुमारलाई क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले […]

भारतका प्रधानमन्त्री मोदीकी आमाको उमेर १०० वर्ष, जन्मदिनमा गरे ? (फोटो फिचर)

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आमा हीराबेनको जन्मदिन मनाउनुभएको छ। आमा १०० वर्ष पुगेको अवसरमा अहमदावाद पुगेर मोदीले हीराबेनको जन्मदिन मनाउनुभएको हो । #WATCH | Gujarat: Prime Minister Narendra Modi met his mother Heeraben Modi at her residence in Gandhinagar on her birthday today. Heeraben Modi is entering the 100th year of her […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं