ताप्लेजुङका पेम्बा साङ्गे हतियारसहित पक्राउ, ‘विप्लव’ समूहका सैन्य लडाकु भएको खुलासा

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना सैन्य लडाकुलाई प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पा पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी […]

इलाममा आमा जलाउने अभियुक्त अझै खुलेआम

इलाम । आमालाई पेट्रोल छर्किएर जलाएको अभियोग लागेका इलाम माङसेबुङ गाउँपालिका ६ का अम्बिका भनिने पूर्णकुमार राई अझै पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लालध्वज सुवेदीले आरोपितको हातमा ‘गम्भीर चोट रहेकाले चोट निको भए’ पछि नियन्त्रणमा लिइने जानकारी दिए । डीएसपी सुवेदीका अनुसार परिवारकै सदस्यले उजुरी दिइसकेका छन् । यसअघि प्रहरीले पीडितको […]

प्रदेश १ मा कोरोना : ३२१ को मृत्यु, संक्रमित संख्या २५ हजार नाघ्यो

विराटनगर । पछिल्लो समय संक्रमण तीव्र रुपमा फैलिइरहेको प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार नाघेको छ। शनिबार थप एक सय ३५ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या २५ हजार ७६ पुगेको हो। संक्रमण पुष्टि भएकामध्ये २० हजार पाँच सय ८८ जनाको उपचार सफल भएको छ। संक्रमण पुष्टि भएकाहरुको विभिन्न सरकारी, संस्थागत र […]

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला, मन्त्री भट्टराईले गरे उद्घाटन

काठमाडौँ । नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन औपचारिक रूपमा शनिबारबाट खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार यसको उद्घाटन गरेका हुन् । श्रीसदन खुलेसँगै नारायणहिटी दरबार संग्रहालयका ५२ कक्षमध्ये ३२ वटालाई सर्वसाधारणका निम्ति खुला गरिएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय कोरोना भाइरस (कोभिड–१९) […]

प्रदेश १ मा कोरोना : ३ सय ६८ डिस्चार्ज हुँदा १ सय ३५ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३ सय ६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ । प्रदेश १ मा शनिबार १ सय ३५ जना कोरोना संक्रमित […]

ताप्लेजुङमा खोलै सुकाएर सिँचाइ आयोजना, स्थानीय आन्दोलित

ताप्लेजुङ । खोलै सुकाएर सिँचाइ आयोजना सञ्चालन हुने भएपछि ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ र ३ का वासी आन्दोलित भएका छन् । आफूहरूको सहमतिबिना नै माङ्माया खोला र अन्य तीन साना खोल्साको पानी आठराई त्रिवेणी गाउँपालिकाको–३ मा सिँचाइका लागि लैजान लागिएको स्थानीयको भनाइ छ । आयोजना सञ्चालन भए सिँचाइ कुलोभन्दा मुनि माङ्माया खोला सुक्ने र हजार बढी […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । ऐतिहासिक पौराणिक […]

कोरोना खोपको आपत्कालीन प्रयोगका लागि फाइजरलाई अनुमतिको तयारी

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकलाई अनुमतिको तयारी भएको छ ।अनुमतिका लागि फाइजरले अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)मा आवदेन दिएको छ । यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो । यद्यपि अमेरिकी खाद्य एवं […]

प्रदेश १ मा एकैदिन ४ सय ४७ डिस्चार्ज, २ सय ७ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४ सय ४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसबै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय २६ पुगेको छ । प्रदेश १ मा शुक्रबार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा […]

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

विराटनगर । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा