‘महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन’

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई रास्वपाका नेता मनिष झाले जवाफ फर्काएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन […]

कप्तानगञ्ज घटना : पुनः देवानगञ्ज बजारमा आन्दोलन

विराटनगर । कप्तानगञ्ज घटनापछि गृहमन्त्री सुदन गुरुङ र पीडित पक्षबीच भएको सहमति तथा सम्झौता कार्यान्वयन नभएको भन्दै देवानगञ्ज बजारमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । पीडित पक्ष तथा उनीहरूका समर्थकहरूले शनिबार विहानैबाट बजार क्षेत्रमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । सम्झौता तत्काल कार्यान्वयन गरी पीडितलाई न्याय दिनुपर्ने उनीहरूको माग छ ।

कोशी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनिता गुरागाईं नियुक्त

विराटनगर । कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुरी झापाको कार्यकारी निर्देशकमा अनिता गुरागाईं नियुक्त भएकी छन्। शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले गुरागाईंलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि उनलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ गराएका छन्। गुरागाईं इटहरी उपमहानगरपालिका–४ निवासी हुन्। मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन […]

प्रदेश सभाप्रति युवाको बुझाइ : पाठ्यक्रममै कानुनका आधारभूत विषय समेट्न सुझाव

विराटनगर  । कानुन निर्माण प्रक्रिया र कानुनी विषय आम नागरिक तथा युवा पुस्ताका लागि सहज बनाउन विद्यालय तथा स्थानीय तहका पाठ्यक्रममै कानुनका आधारभूत विषय समेट्नुपर्ने सुझाव विद्यार्थीहरूले दिएका छन् । युएनडिपी संसद् सहयोग परियोजनाको सहकार्य तथा संसदीय पत्रकार मञ्च, कोसी प्रदेशको आयोजनामा शुक्रवार विराटनगरस्थित मेरिल्यान्ड कलेजमा आयोजित ‘प्रदेश सभाप्रति युवाको बुझाइ’ अन्तर संवाद कार्यक्रममा सहभागी […]

विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउन मिल्दैन : गगन थापा

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र प्रक्रियासम्मत रूपमा सम्पन्न विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् । शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । थापाले साउन २४ गते बस्ने केन्द्रिय समितिको बैठकले समसामयिक विषयमा थप निर्णय लिने जानकारी दिए। विशेष महाधिवेशनको सन्दर्भ जोड्दै […]

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको राजीनामा माग गरिएस्को छ । नेकपा (एमाले) की सांसद यशुदा बरालले शान्ति सुरक्षा कायम गर्न र जनताका समस्या सम्बोधन गर्न सरकार पूर्णतः असफल भएको भन्दै राजीनामा माग गरेकी हुन् । सुनसरीमा भएको साम्प्रदायिक तनावले सरकारको नैतिकतामाथि प्रश्न उठाएको उनको भनाइ छ । ‘हिजो नैतिकताको […]

शेरबहादुर देउवाले कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्ने

काठमाडौं । यही साउन २६ गते स्वदेश फर्किन लागेका नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्ने भएका छन् । इतर पक्षले साउन २८ गते आयोजना गरेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने भएका हुन् । विशेष महाधिवेशन अस्वीकार गर्दै देउवा पक्षले छुट्टै क्रियाकलाप सञ्चालन गर्दै आएको छ । जेनजी आन्दोलनमा घाइते भएका […]

तीन बुँदे सहमति कार्यान्वयन गर्न कोसीमा छलफल तीव्र

विराटनगर । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कोसी प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत सुरु भएको छ । केन्द्रमा भएको तीन बुँदे सहमतिअनुसार कोसी प्रदेशमा नेकपा एमालेले नै सरकारको नेतृत्व पाउने भएको छ । एमालेको लामो आन्तरिक विवादका कारण प्रदेश सरकार गठन प्रक्रिया अन्योलमा परेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार […]

ढल्केबर ट्रमा सेन्टरबारे आजै जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा आजै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर स्वास्थ्य मन्त्री निशा मेहताले अन्यत्र सार्न खोजेको भन्दै विरोध जनाएका थिए। सांसद यादवको विरोध र गम्भीर ध्यानाकर्षणपछि सभामुख अर्यालले सरकारलाई […]

ढल्केबर ट्रमा सेन्टर माग्दै यादवको मौन विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद चन्द्रमोहन यादवले सरकारको आलोचना गर्दै मौन विरोध जनाएपछि केही समय सदन रोकिएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा जनकरपुरस्थित ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्न माग गर्दै यादवले सरकारको ध्यानाकर्षण गराउन मौन विरोध जनाएका हुन्। यस क्रममा प्रतिनिधिसभाका सभामुखले सरकारको विरोध गर्ने पनि निश्चित प्रक्रिया र मर्यादा हुने स्मरण गराउँदै असहमति […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं