शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

काठमाडाैं – काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस […]

मध्य माघसम्म हिउँ न वर्षा

काठमाडाैं – “हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, “पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने […]

एमाले अध्यक्ष ओलीसँग राजदूतको भेट

काठमाडाैं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्नुहुने

काठमाडाैं – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्नुहुनेछ । उहाँ आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने समारोहमा सम्मानित अतिथिको रुपमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान […]

विराटनगरमा पार्किङ निषेध गरेको विरोधमा बजार बन्द

विराटनगर – विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताए । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको उनले बताए । महानगरपालिकाले बजार […]

काठमाडौंमा ख्यातिप्राप्त ब्राण्डको नाममा नक्कली रक्सी बिक्री, ३ जना पक्राउ

काठमाडौं – काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका मदिराको नाममा नक्कली मदिरा बिक्री हुने गरेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको कुपण्डोलको नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखाका निरज उप्रेती, गोंगबुको मित्रनगरको एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जाका धर्मी […]

नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने, सुरक्षा बढाइयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत […]

आस्था, धर्म र शालीनदि, विस्वासको प्रतिविम्व

साँखु, शालीनदी – मानिस सानो होस या ठुलो, धनी होस या गरिव सवैको केहि न केहि आस्था र विस्वास भगवानमा हुन्छ । मानिस खुसि हुदा होस या दुखी हुदा पहिले सम्झने भगवानलाई हो । भगवानले दुखबाट पार लगाउछन् भन्ने विस्वास छ । सांसारिक दुख, अभाव र समस्याबाट भगवानले मुक्ति दिलाउछन् भन्ने जनविस्वास छ । यस्तै […]

खबरदार, प्रेम नगर्नुहोस्

शीतल दाहाल – हिन्दी सिने जगतको बहुुचर्चित सिरियल हो ‘महाभारत’। २ अक्टोबर १९८८ देखि २४ जुन १९९० मा भारतको दुरदर्शन टेलिभिजनमा यो सिरियल प्रशारण भएपछि भारतभित्र मात्र होइन, दक्षिण एशियामै यसले तहल्का पिट्यो। आजपर्यन्त यस सिरियलका अंशलाई इन्टरनेटका अनेकौं फ्लेटफर्ममा करोडौं पटक हेरिएको छ, हेरिन्छ। अनेकौं टेलिभिजनहरूले यसलाई किनेर प्रसारण गरेका छन्। सिने जगतका हस्तीहरूले निर्वाह […]

५०० वटा वोर्डर आउट पोष्टको तयारीमा सशस्त्र प्रहरी

काठमाडाैं – सीमामा हुने अपराधलाई कम गर्न तथा सिमा नाका सुरक्षाका लागी सशस्त्र प्रहरी बल नेपालले ५०० वटा बोर्डर आउट पोष्ट ‘विओपी’ निर्माणको तयारीमा छ । सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्यालका अनुसार अहिलेसम्म देशभर २२८ वटा विओपी स्थापना भैसकेको छ । सीमामा विभिन्न जघन्य तथा संगठीत अपराध बढेको बताउदै अर्यालले सीमानाकालाई कडाई गर्नका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा