त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

काठमाडौं- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभवुन विमानस्थल स्रोतका अनुसार उक्त जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । उक्त जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको जानकारी आएको छ । दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ । दुर्घटनाका कारण […]

पिँडुला फर्किने समस्या छ ?

काठमाडौं– कहिलेकाहीँ हामीलाई खुट्टाको पिँडुला फर्किने समस्याले सताउँछ । खुट्टा फर्किँदा शारीरिक पीडा अत्यन्तै हुन्छ । खुट्टाको तिघ्रानिर वा पिँडुलाको मासु पल्टनु वा अर्कोतर्फ सर्नुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। प्रायः राति खुट्टा पल्टिने वा बाउँडिने गदर्छ। एक्कासि तिघ्रा र पिँडुलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा […]

साउनमा किन कपाल काट्नु हुँदैन ?

काठमाडौं– साउन महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ । यो महिनामा कपाल काट्नु हुँदैन भनेको त अवश्य पनि सुन्नु भएको होला । बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेझैँ साउनको महिनामा पनि कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई बेवास्ता […]

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौं– भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छन् । अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ । औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

झरी छल्दै पशुपतिनाथमा ब्रतालु

काठमाडौं- साउनलाई भगवान् शिवको महिनाका रुपमा लिइन्छ । साउन महिनामा खास सोमबारलाई विशेष मानिन्छ । भगवान् शिवजीको बार भएकाले साउनको पहिलो सोमबार पशुपतिनाथ दर्शनका लागि ब्रतालु र श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा र आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै ब्रत गर्ने परम्परा छ । पशुपतिनाथ […]

हरिबंशको अवस्था सामान्य, नाकको नशा फुटेको भेटियो

विराटनगर– वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको नाकभित्रको सानो नशा फुटेको भेटिएको छ। आइतबार बिराटनगर पुगेको समयमा बिरामी भएका उनको उपचारका क्रममा नाकको नशा फुटेको भेटिएको हो । बिरामी भएपछि उनी अस्पताल भर्ना भएका उनको नाकको नशा टालेर अहिले अवस्था सामान्य रहेको छ । विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ […]

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छिन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उनले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय रहेको बताइन् । नेपालका लागि क्यानाडाका राजदूत […]

फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोकमा पहिरो, गाडी र मोटरसाइकल पुरिए (फाेटाे फिचर)

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा गएको पहिरोले गाउँपालिकाको कार्यालय, प्रहरी चौकीलगायतमा क्षति पुऱ्याएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मानवीय क्षति भएको छैन । तमोर करिडोरको सडक अवरुद्ध रहेको र विद्युतको प्रसारण लाइन अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । गाउँपालिका भवन लेदोले पुरिएको छ । तापेथोक प्रहरी चौकी पनि लेदोले […]

ओली मन्त्रिपरिषद्ले पहिलो दिनमै पायो पूर्णता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाएको छ । प्रधानमन्त्री बनेपछि मन्त्री छनौटमै हप्ता/महिना लाग्ने विगतको परम्परा भने यसपटक तोडिएको छ । सत्ता गठबन्धनका सरकार बन्दा यसअघि मन्त्रालयमै भागबन्डामा अन्तरदल किचलो र भागबन्डा भएपछि पार्टी भित्रका आकांक्षी मिलाउँदा मिलाउँदै मन्त्रिपरिषद् विस्तारमै लामो समय बित्ने गरेको थियो । यसपटक गठबन्धनका दलहरूले […]

बाढी-पहिरोबाट हालसम्म १०१ को मृत्यु

काठमाडौं – देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं